कोरोनाका कारण मृत्यु हुनेको संख्या 'रेकर्ड' गरिएको भन्दा तीन गुण बढी हुन सक्छ : अध्ययन

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको तथ्यांक 'रेकर्ड' गरिएको भन्दा तीन गुणा बढी हुन सक्ने दाबी गरेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेको दुई वर्ष पुग्दा उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो। उक्त अध्ययन अमेरिकाको वासिङटन युनिभर्सिटीको टोलीले गरेको थियो। उक्त टोलीले १९१ देश र क्षेत्रहरुको अध्ययन गरेको…

सम्बन्धित सामग्री

सार्वजनिक तथ्यांक भन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीन गुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ । तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको

विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक भन्दा तेब्बर बढी : अध्ययन

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर रहेको अनुसन्धानकर्ताले बताएका छन् । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा प्रतिवेदन सार्वजनिक भएको हो । अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका […]

कोभिडले भन्दा सूर्तिजन्य प्रदार्थबाट मृत्यु हुनेको संख्या चार गुणा

नेपालमा पछिल्लो समय कम उमेरका व्यक्तिलाई हृदयघातको उच्च जोखिम देखिन थालेको छ । ४० वर्षपछि मात्र हुने भनिएको हृदयघात पछिल्लो केहीवर्षमा २०/२५ उमेरमै देखिएकोमा विज्ञहरु चिन्तित छन् । शहीद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले सूर्तिजन्य पदार्थको सेवनबाट धेरै कम उमेरका युवामा हृदयघात भएर अस्पतालमा आउने बताउनुभयो । डा. अधिकारीका अनुसार अस्पतालले गरेको एक अध्ययन अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको छ । हृदयघात हुनेमा सबैभन्दा बढी सूर्तिजन्य पदार्थको सेवन गरेको पाइएको डा.अधिकारीले जानकारी दिनुभयो ।

सघन उपचारमा दक्ष जनशक्तिको अभाव

चितवन । कोरोना भाइरसको दोस्रो लहर बढिरहँदा अस्पताल आउने अधिकांश संक्रमितलाई सघन उपचार कक्षको आवश्यकता गरेको छ । तीमध्ये कतिपयलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।      नेपालका अस्पतालमा यति धेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको सम्भवतः यो पहिलो घटना हो । हरेक दिन कोभिडका कारण मृत्यु हुनेको संख्या बढेको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी सघन उपचार कक्षमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताउँछन् । एनेस्थेसियोलोजिष्ट र फिजिसियनहरूले बिरामी हेरिरहेको भए पनि तालिम प्राप्त नर्सिङ सेवा दिन सक्ने पर्याप्त जनशक्ति नभएको अधिकारीको भनाइ छ । ‘यो युनिटमा काम गर्ने महŒवपूर्ण भूमिका नर्सको हुन्छ, उहाँहरूलाई हामीले तालिम दिन सकेका छैनौं,’ उनले भने । कोभिडको पहिलो लहरसँगै दोस्रो लहर आउन सक्ने सम्भावना भए पनि त्यसतर्फ ध्यान दिन नसक्दा अहिले समस्या भएको उनको बुझाइ छ ।      विदेशमा नर्सहरूलाई क्रिटिकल केयरसम्बन्धी विशेष पढाइ र तालिम दिने गरेको भए पनि नेपालमा त्यसखालको तालिम हुन नसकेको उनको भनाइ छ । कोभिडका बिरामीको मृत्युको कारण रोग भए पनि दक्ष जनशक्तिको अभावका कारण जति बचाउन सकिन्थ्यो, त्यसबाट चुकेको अधिकारी स्वीकार्छन् । जिल्लाको सरकारी संघीय अस्पताल भरतपुरमा सघन उपचारका लागि विशेष तालिम लिएका जनशक्ति छैनन् । अधिकारीको भनाइमा क्रिटिकल केयरमा (सघन उपचार)मा यहाँका मेडिकल कलेज अगाडि छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपाने देशमै सघन उपचार (क्रिटिकल केयर)को आवश्यक संख्यामा जनशक्ति नभएको बताउँछन् । ‘सघन उपचारको दक्ष जनशक्तिको अभावमा पनि हामीले धेरै नोक्सान बेहोर्नु परेको छ,’ उनले भने । सरकारलाई विदेशमा जस्तै नेपालमा पनि बिएस्सी, एमएस्सी नर्सिङमा क्रिटिकल केयर पढाउनुपर्ने उनको भनाइ छ । चितवन मेडिकल कलेजमा क्रिटिकल केयर सम्बन्धी अध्ययन गरेका एनेस्थेसियाका १२, डिएम ८ र फेलोसिप गरेका ६ जना रहेको भन्दै उनले यो जनशक्ति अन्य अस्पतालमा नभएको दाबी गरे । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधान सबै अस्पतालमा क्रिटिकल केयरमा आवश्यक जनशक्ति अभाव भएको स्वीकार्छन् । सघन उपचारमा रहनेले त्यहाँ जडित उपकरण सम्बन्धी ज्ञान समेत राख्नुपर्छ । प्रधानका अनुसार बिएस्सी नर्सिङलाई आवश्यक तालिम दिएर क्रिटिकल केयरमा काम लगाउने गरिएको छ । क्रिटिकल केयर आफैमा निकै संवेदनशील हुने गरेको भन्दै उनले सामान्य जनशक्तिले व्यवस्थापन गर्न नसक्ने बताए । कोभिडका बिरामी बढेपछि चितवनका मेडिकल कलेज र अस्पतालहरूले सघन उपचार कक्ष विस्तार गरिरहेका छन् । उपचार कक्ष बढे पनि थोरै जनशक्तिबाटै व्यवस्थापन गरिँदै आएको छ । ती जनशक्ति पनि सबै दक्ष छैनन् । रासस

अनुसन्धान भन्छ : विश्वभर कोभिडबाट हुने मृत्युदर घट्दै छ

महामारी सुरु भएपछि र यसको अनुसन्धान हुन थालेपछि नाटकीय रुपमा मृत्युदर घटेको एक अनुसन्धानले बताएको छ। गत वर्षको अक्टोबरमा मृत्यु हुनेको संख्या ६० प्रतिशत थियो। त्यसबेला मृत्युदर उच्च विन्दुमा पुगेको थियो। अहिले मृत्युदर ३६ प्रतिशतमा झरेको विश्वभर भइरहेको अनुसन्धानले बताएको हो।मार्चमा मृत्युदर ६० प्रतिशत थियो। अहिले मेको अन्त्यसम्ममा ४२ प्रतिशतमा झरेको छ।विश्वभरका ४३ हजार १ सय २८ कोभिड संक्रमितमा अनुसन्धान गरिएको थियो। ५२ मुलुकले यसमा सहभागी भइ अध्ययन गरेको मेडिकल जर्नल एनेस्थेसियामा प्रकाशित

कोरोना जितेकालाई भाइरसले शरीरमा पारेको क्षतिले जीवनभर सताउने देखिन्छ : अध्ययन

पछिल्लो पटक कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई थिलथिलो बनाएको छ। यस महामारीका कारण आर्थिक क्षतिको आँकलन भइसकेको छैन। मानवीय क्षति जारी छ। मृत्यु हुनेको संख्या विश्वभर एक लाख नाघिसकेको छ। कोभिड-१९ संक्रमणमा परी उपचारपछि घर फर्कनेहरु पनि छन्। तीन लाख ८८ हजारभन्दा माथि कोरोना संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन्। घातक

पहिरो खस्या खस्यै, अनुसन्धान गर्ने निकाय खारेज

बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या दिनहुँजसो बढिरहेका बेला यससम्बन्धी अध्ययन, अनुसन्धान गर्ने निकाय भने सरकारले विघटन गरेको छ।

पाल्पामा भएको दुर्घटनामा ज्यान जानेको संख्या १४ पुग्यो

पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा तानसेन –३, की मुना सारु मगरको ज्यान गएपछि मृत्यु हुनेको  संख्या १४ पुगेको हो । अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका...