पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।  कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। प्रमुख शाक्यले भने, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,” “हामीले नेपाली सेना र अस्पता

सम्बन्धित सामग्री

प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी

पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो । आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन पालिकाको लगानीमा प्राङ्गारिक मल उत्पादन कारखाना सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।

महाकाली नदीमा दुईओटा झोलुंगे पुल सञ्चालनको तयारी

दार्चुला । महाकाली नदीमा निर्माण भएका दुई ओटा झोलुंगे पुल सञ्चालनको तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुंगे पुल सञ्चालनमा ल्याउन लागिएको हो । पुल निर्माण भएको तीन महीनापछि दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित मलघट्ट झोलुंगे पुल र मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुंगे पुल सञ्चालनको तयारी गरिएको हो । पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले झोलुंगे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘पुल निर्माण सकिएकोबारे हामीलाई पत्र आइपुगेको छ,’ उनले भने, ‘निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौं ।’ झोलुंगे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा खलंगामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठकमा छलफल भएको थियो । प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको भन्दै आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमित गराइने बताए । झोलुंगे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुंगे पुल निर्माण गरेको थियो ।  मलघट्टे तथा मालमा रू. २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडुगाउँमा रू. २ करोड ५५ लाख ६४ हजार लागतमा पुल निर्माण गरिएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतको तर्फबाट कुनै समस्या नभएको धार्चुलाका एसडीएम नन्दन कुमारले बताए । ‘नेपालका तर्फबाट आधिकारिक पत्र आएलगत्तै पुल नियमित सञ्चालनका लागि हामी तयार छौं,’ उनले भने । पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाँडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवतजावतमा सहज हुने मालका बासिन्दा दानसिंह कार्कीले बताए । ‘अहिले त खोला सानो छ, अब बर्खा लाग्दै छ । नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ । निर्माण भएका पुल झोलुंगे छिटो सञ्चालन गर्नुपर्छ,’ उनले भने । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुंगे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकोमा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् । रासस

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । प्रमुख शाक्यले भन्नुभयो, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न […]

गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनको तयारी

करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनर्निर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्रालि धनगढीले विमानस्थल पुनर्निर्माण गरिरहेको छ ।विमानस्थलमा स्काभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि […]

दुई वर्षदेखि बन्द दामन रिसोर्ट र भ्यूटावर पुनः सञ्चालनको तयारी

भदौ ७, टिस्टुङ । दूरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ ।  स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्का दिएको थियो ।  सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भंग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्यूटावर दुई वर्षदेखि बन्द छ । भ्यूटावरमा दूरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनिे सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्यूटावरबाट हात झिक्यो । अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्यूटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । न्यूनतम रू. तीन लाख २० हजार कायम गरी एक वर्षका लागि रिसोर्ट तथा भ्यूटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए ।  रिसोर्ट र भ्यूटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले  भ्यूटावर, किचेन, स्टोर, रेष्टुराँ र  भ्यूटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जानकारी दिएको छ । ‘यसअघि प्रयोगमा रहेका बेड रुम (लज) प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ’, उनले भने ।  यसअघि नगरपालिकाको कुनै प्रकारको बाँकी बक्यौता रहेको व्यक्ति, फर्म वा कम्पनीले बोलपत्रमा भाग लिन नपाउने सूचनामा जानकारी दिइएको छ । रिसोर्ट र भ्यूटावर सञ्चालनका क्रममा विद्युत् महसुल र पानी महसुल व्यवसायीले नै बुझाउनुपर्ने तथा रिसोर्ट सुरक्षाका लागि मूलगेटमा सुरक्षा गार्डको व्यवस्था अनिवार्य रुपमा व्यवसायी स्वयम्ले नै गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।  विसं २०२१ मा निर्माण गरिएको दामन भ्यूटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिका मातहत आएको थियो । रासस

अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी

लमजुङ सदरमुकाम बेसीशहरमा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भएपनि विद्युत् जडान हुन नसकेका कारण अलपत्र अवस्थामा परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले वैकल्पिक श्रोत साधनको प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।सदरमुकाम बेसीशहर–९, मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा प्रशोधन केन्द्र […]

६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने तयारी

काठमाण्डाै - सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले ती जिल्लाका पालिकालाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ ।  गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा र काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरबाहेकका सबै आधारभूत विद्यालयमा इन्टरनेट जड...

सौर्य ऊर्जाबाट सञ्चालनको तयारी

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भएको छ । विमानस्थल निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसियाली विकास बैंकले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी सौर्य ऊर्जाबाट सञ्चालनको तयारी अघि बढाएको हो ।