अबको केही दिनमै सरकारमा सहभागी हुन्छौँ : जसपा नेता कर्ण

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएकाे छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचा...

सम्बन्धित सामग्री

भारतले हस्तक्षेप गरेको हामीलाई हेक्का छैनः जसपा नेता

काठमाडौं, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीले पुस २६ मा पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरिनसकेको बताएका छन् । ‘हामी सात दलीय गठबन्धनमा छौं । सरकारलाई समर्थन पनि गरेका हौं । तर विश्वासको मत दिने निर्णय गरिसकेका छौं । सरकारको न्यूनतम साझा कार्यक्रम र राजकीय शक्तिको […]

जसपा नेता प्रदीप यादवले लालसलाम नभनेपछि …

९ कात्तिक, वीरगञ्ज । ४ मंसिरको प्रतिधिसिभा र प्रदेश सभा निर्वाचनका लागि पर्सामा एमाले र जसपा गठबन्धन संयुक्त रुपमा घरदैलो, गोष्ठी, भेला, बैठक गरिरहेको छ । बुधबार पर्साको पोखरिया नगरपालिकामा राखिएको क्षेत्रीय बैठकमा एमाले र जसपाका उम्मेदवार र नेताहरु सहभागी थिए । सम्बोधनका क्रममा जसपा नेता प्रदीप यादवले ‘जय मधेस’को अभिभावदन गरे । तर उपस्थित […]

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११ बजे यही विधेयकको सेरोफेरोमा अध्यादेश बनाएर पठाउँदा प्रमाणीकरण गर्न १५ मिनेट पनि लागेको थिएन । अहिले दुवै सदनले […]

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद छन्: जसपा नेता

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “अहिले हामीले कसको पक्षमा कति जना सांसद भनेर गणना गरेका छैनौं । तर १० जनाभन्दा […]

गठबन्धन भए पनि केही नेताका लागि होला, शतप्रतिशत नहोलाः जसपा नेता

काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेमजोङले शक्ति सन्तुलनका आधारमा सिर्जना भएका पदलाई खलबलाउने काम भए पार्टी नचल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चेमजोङले भने, “उपेन्द्र यादवले शक्ति सन्तुलनका आधारमा अध्यक्ष पाउनुभएको हो । बाबुराम भट्टराई या […]

जसपा नेता प्रदीप यावदको कारबाही फुकुवा

काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवलाई गरिएको कारवाही फुकुवा गरिएको छ। जसपाको गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिने निर्णय गरेको हो । यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि गत मंसिर ५ गते केन्द्रीय समितिको बैठकले यादवमाथि अनुशासनको कारबाही […]

जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन- पार्टीको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन

काठमाडौं। जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नबसेको र कुनै निर्णय नभएको बताइएको छ। जसपा नेता लक्ष्मणलाल कर्णले भने, "पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समितिका सदस्यलाई बैठक बारे थाहा छैन। जसपाको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन।" आज जसपाको दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव पक्षले बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरेको छ।