जसपा नेता प्रदीप यादवले लालसलाम नभनेपछि …

९ कात्तिक, वीरगञ्ज । ४ मंसिरको प्रतिधिसिभा र प्रदेश सभा निर्वाचनका लागि पर्सामा एमाले र जसपा गठबन्धन संयुक्त रुपमा घरदैलो, गोष्ठी, भेला, बैठक गरिरहेको छ । बुधबार पर्साको पोखरिया नगरपालिकामा राखिएको क्षेत्रीय बैठकमा एमाले र जसपाका उम्मेदवार र नेताहरु सहभागी थिए । सम्बोधनका क्रममा जसपा नेता प्रदीप यादवले ‘जय मधेस’को अभिभावदन गरे । तर उपस्थित […]

सम्बन्धित सामग्री

द न्युज प्लस (जसपा नेता प्रदीप यादव )

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

उपेन्द्रले लिए देउवासँग बदला, मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेको हो  ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । उनले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन्। अब यी ३ वटै मन्त्रालय मुख्यमन्त्री स्वयंले नै सम्हाल्ने छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले   बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेपछि उनले मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका थिए ।यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री राउतले काँग्रेसका मात्र मन्त्री बर्खास्त गरेर  अन्य दलका मन्त्रीलाई भने हाल कायम नै राखेका छन्।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्री हटाएका हुन् ।

पर्सा–१ मा कांग्रेसका बागी द्विवेदीले पाए चुनाव चिह्न माछा

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका अजय द्विवेदीले चुनाव चिह्न माछा पाएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दलहरुको भागबण्डाअनुसार पर्सा क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएको छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपा नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव उम्मेदवार छन्। यादव […]