जसपा नेता मोहम्मद इस्तियाक राई भन्छन्- नेपालगञ्ज मेयर नपाए बागी उम्मेदवारी दिन्छौं’

जनता समाजवादी पार्टी(जसपा) नेता मोहम्मत इस्तियाक राईले गठबन्धनबाट नेपालगञ्ज उपमहानगरपालिका मेयर नदिए बागी उम्मेदवारी दिने बताएका छन्। सत्ता गठबन्धनबाट मेयर नेपाली काँग्रेसको भागबण्डामा परेपछि राईले मेयरमा बागी उम्मेदवारी दिने चेतावनी दिएका हुन्।‘जसपा बाँके जिल्ला अध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिका मेयर उम्मेदवारले पार्टीको निर्णय सच्याउन भोलि विहान १० बजेसम्मको म्याद दिनु भएको छ। यदी गठबन्धनले गरेको निर्णय नसचिएमा पार्टीबाट राजीनामा दिएर बागी उम्मेदवारी दिने भन्नु भएको छ’ रातोपाटीसँग

सम्बन्धित सामग्री

बाँके २ मा मोहम्मद इस्तियाक राई चुनाव हार्न सक्ने यस्ता छन् १० कारण

पूर्व प्रधानमन्त्री सुशील कोइराला चुनाव लडेको बाँके-२ मा यस पटकको निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुरालाई निकै उत्सुकताका साथ हेरिएको छ। बाँके २ मा जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा रहेका छन्।

गठबन्धनबाट बाहिरिँदा जसपाका इस्तियाकलाई चुनौती

अहिले मेरो प्रतिस्पर्धी त के मेरो नजिकसम्म मैले कसैलाई देखेको छैन,’ आइतबार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेपछि मोहम्मद इस्तियाक राई सञ्चारकर्मीहरूमाझ भन्दै थिए।...

जसपा मन्त्रीहरुले शपथसँगै कार्यभार सम्हाले

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्र कुमार सिंह र प्रदीप यादवले सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। जसपाले महिन्द्रा राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर राई, […]

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

२० असार, काठमाडौं । सोमबार नियुक्त भएका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । […]

नयाँ मन्त्रीहरूको शपथ आजै हुने

काठमाडौँ । जसपाबाट मन्त्री बनेकाहरूको शपथ आजै हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । शपथ ग्रहण साढे चार बजेतिर हुने छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरूमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव […]

मन्त्रिपरिषद पुनर्गठन, जसपाका ३ नेता बने मन्त्री

२० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई […]

राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्री नियुक्त, राजेन्द्रको पद कायमै

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, […]

पार्टीमा महन्थजीको हैसियत प्रथम अध्यक्षको होइन: मोहम्मद इस्तियाक राई

पार्टी विधि विधान र राजनीतिक दलसम्बन्धी ऐनको नियम र कानुनविपरीत पार्टीलाई घात हुने गरी पार्टीविरूद्ध गतिविधि गर्ने अन्य सदस्यको पनि छानबिन भइरहेको छ। सूचना संकलन भइरहेको छ। पार्टी हितविपरीत गएका र पार्टी नीति मिचेर पार्टी निर्णय नमान्नेलाई पनि क्रमश: कारबाही अघि बढाउँछौं।