हिउँ नपर्दा किसान चिन्तित, हिमालमा हिउँ छैन, सेता हिमाल काला हुँदै

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भन्नुभयो । विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् ।

सम्बन्धित सामग्री

हिउँ नपर्दा घाँसकै समस्या

मलका रूपमा लिइने हिउँ नपर्दा मनाङका किसान चिन्तित बनेका छन् । एकातिर समयमै हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, फूल नलाग्ने, रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्या देखा परेको छ भने अर्कोतिर पशुचौपायाका लागि घाँस उपलब्ध नहुँदा किसान चिन्तित बनेका हुन् । विगतको तुलनामा यसपालि मनाङको माथिल्लो भेगमा हल्का मात्र हिमपात

पानी नपरेपछि किसान चिन्तित

काठमाडौँ,१९ माघ । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ । समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो । सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् । “मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म […]

हिउँ नपरेपछि किसान चिन्तित

फुङ्लिङ- समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँतिर लागे। उनले बसाइसराइ गरेका होइनन्। उनी हिउँ छल्न काठमाडौँ गएका हुन्। उनी विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्ने गर्थे। तर यस वर्ष भने काठमाडौँ नै पुगेका छन्। […]

पानी र हिउँ नपर्दा किसान चिन्तित

यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् ।

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर

हिमपात नहुँदा मनाङका किसान चिन्तित

मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न मनाङी कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, पोखरा, बेंसीसहर झर्ने गर्छन् ।

पुनः हिमपात हुन नसके स्याउ उत्पादन बढ्न नसक्ने चिन्ता

यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुवै हुन सकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा बर्सेनि पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुनसकेन भने जाडोसमेत घट्न सकेको छैन । जाडो मौसममा भारी हिमपात नभएका कारण हिमाली जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने ...

हिउँ नपर्दा किसान चिन्तित, हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा परिणत

मनाङ – यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र  खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।  ‘सँधैजसो मङ्सिरको पहिलो हप्तादेखि हिउँ पर्न...