फुङ्लिङ- समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँतिर लागे। उनले बसाइसराइ गरेका होइनन्। उनी हिउँ छल्न काठमाडौँ गएका हुन्। उनी विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्ने गर्थे। तर यस वर्ष भने काठमाडौँ नै पुगेका छन्। […]