एमाले मोरङको नयाँ नेतृत्व टुंगियो, अध्यक्षमा पोखरेल दोहोरिने

शुक्रवारदेखि शुरू हुने नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि नामहरू टुंगो लगाइसकिएको छ ।  हालका अध्यक्ष ऋषिकेश पोखरेल दोहोरिने एक नेताले बताए । अहिलेसम्म अधिवेशनबाट अध्यक्षका आकांक्षी अरू कोही नदेखिएकाले पनि सर्वसम्मत अध्यक्षमा पोख्रेलको नाम अगाडि सारिएको ती नेताको भनाइ छ ।  अध्यक्ष मात्रै होइन, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा दोहोरिने निश्चित जस्तै भएको छ । उपसचिवमा भने केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । ...

सम्बन्धित सामग्री

उद्योग संगठन मोरङको नेतृत्वका लागि तीन जना मैदानमा

मोरङ – उद्योग संगठन मोरङको नयाँ नेतृत्वका लागि तीन जना प्रतिस्पर्धी चुनावी‍ मैदानमा उत्रिएका छन्। यही वैशाख २८ र २९ गते हुने ५० औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि पूर्वउपाध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका र उपाध्यक्ष नन्दकिशोर राठी मैदानमा होमिएका हुन्। तीनै प्रतिस्पर्धी निर्वाचनका लागि मत जोड्न दौडधूपमा रहेका छन्। […]

स्ववियु निर्वाचन : महेन्द्र मोरङको सभापतिमा महिला दावी शून्य

विराटनगर : झण्डै एक दशकपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको माहोलले तातेको छ। यसै क्रममा स्ववियुको नेतृत्व हाँक्न पार्टीले टिकट दिएर कसलाई नेतृत्व पंक्तिमा उभ्याउने हुन् भन्ने चर्चा पनि उत्तिकै छ।सभापतिको आकांक्षीमा अधिकांश राजनीतिक दलका भ्रातृ संगठनमा अधिकांश पुरुषको चर्चा चलिरहँदा नेतृत्वमा दावी गर्ने महिला भने छैनन्।नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य वा ३३ प्रतिशत सुनिश्चित गरेको छ। यही आधारमा महेन्द्र

पराजित गुरु घिमिरेले चौधरीलाई दिए बधाई

विराटनगरः नेपाली काङ्ग्रेसका युवा नेता गुरुराज घिमिरे मोरङको क्षेत्र नम्बर ४ को १ बाट एमालेका जयप्रकाश चौधरीसित पराजित भए। पराजित घिमिरेले विजयी चौधरीलाई खादा, माला लगाइदिए र बधाई ज्ञापन गरे।  घिमिरेले देशले नयाँ पुस्ता र युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै नवनिर्वाचित प्रदेश सदस्य चौधरी युवक भएकाले  प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका…

भोट हाल्न फर्किएकाहरु भन्छन् : असल नेतृत्व चुनिए विदेश जानुपर्दैनथ्यो

२९ वैशाख, काठमाडौं । मोरङको बुढीगंगा नगरपालिका–४ का कमल चौधरी एक हप्ताअघि दुबईबाट घर आएका छन् । दुबईमा मेस्ट्रो अटोटेक कम्पनीका प्रबन्ध निर्देशक उनी ३० वैशाखको स्थानीय तह चुनावमा मतदान गर्न गाउँ आएका हुन् । ‘हुन त अहिले दुबईमा अफिसको धेरै कामहरु गर्नु थियो । तर अहिले चुनावमा भोट हाल्नकै लागि गाउँ आएको छु । […]

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

घरेलु महासंघ मोरङको अध्यक्षमा चेतन निरौला

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा चेतन निरौला चयन भएका छन् । जिल्ला महासंघको ११ औं अधिवेशनले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सोमबार भएको महासंघको वार्षि साधारणसभा तथा नेतृत्व चयनको अधिवेशनले महिला उद्यमी तर्फको अध्यक्षमा सुनिता छाराहाङ्गलाई सर्वसम्मत चयन गरेको छ ।त्यस्तै, महासंघको बरिष्ठ उपाध्यक्षमा गोलाप काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिवमा एकराज ढकाल र कोषाध्यक्षमा दामोदर पोखरेल चयन भएका छन् ।  नयाँ कार्यसमितिको सदस्यहरूमा भने रमेशकुमार खड