प्रचण्ड देखेर देउवा डराउने, देउवा देखेर प्रचण्ड डराउने स्थिति आयोः चित्रबहादुर केसी

काठमाडौं, ९ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिको विकल्प नभएको बताएका छन् । ‘नेपाली राजनीतिमा यो नयाँ कुरा होइन । जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने भनेजस्तो प्रचण्ड र शेरबहादुर देउवा एकअर्कासँग डराइरहेको स्थिति छ । […]

सम्बन्धित सामग्री

गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दै

बुटवल – सत्तारूढ गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । दिउँसो २ बजेदेखि बुटवलको योगीकुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले […]

बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक जारी

काठमाडौँ। सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ। बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।

बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक : कार्यदलले प्रतिवेदन बुझाउने

सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै शीर्ष नेता बालुवाटार पुगेका थिए ।  बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् । यसअघि बिहानदेखि कार्यदलको बैठक समेत बालुवाटारमै बसिरहेको थियो । आजको बैठकमा कार्य

एमालेले संसद अवरुद्ध गर्ने भएपछि सत्ता गठबन्धनको बैठक सिंहदरवारमा

संसद बैठक शुरू हुनुअघि सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी गठबन्धनको बैठक बोलाइएको हो । बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी काठमाडौं बाहिर रहेकाले उक्त पार्टीबाट बैठकमा को सहभागी हुने भन्ने खुलेको छैन ।  संसदको प्रमुख प्रतिपक्ष दल नेकप...

प्रधानमन्त्रीको कुर्सि छोडेर किन बसे देउवा सोफामा !

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको शीर्षस्थ नेताहरूको बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसी समान हैसियतमा सोफामै बसेको फरक दृश्यले ध्यान तानेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी बैठकमा देउवा […]

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धन दलका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, चित्रबहादुर केसी सहभागी छन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पहिलो पटक गठबन्धनको बैठकमा सहभागी भएका छन्। बैठकमा गठबन्धनलाई अझै मजबुत बनाउने, मन्त्रिपरिषद् विस्तार तथा समसामयिक राजनीतिबारे छलफल भइरहेको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा, माधव नेपाल पनि सहभागी

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ।बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केस

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा गएनन् खनाल, नेपाल र भट्टराई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा तीन पूर्वप्रधानमन्त्रीहरु उपस्थित भएनन् । भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुवै नेता नगएका एमालेका एक नेताले बताए । यस्तै, जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराई भने स्वास्थ्यका कारण सहभागी नभएको जसपा स्रोतले जनाएको छ । नेपाल, खनाल र भट्टराई राष्ट्रपतिको भूमिकाबाट असन्तुष्ट रहँदै आएका छन् । राष्ट्रपति भवन सितलनिवासमा मंगलबार अपरान्ह बसेको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा भने अनुपस्थित भएका हुन् । शीतलनिवासमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत उपस्थित भएका छन्। बैठकमा राप्रपा डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी छन् । यो पनि….राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक, राजमो अध्यक्ष केसी सहभागी हुनुहुने