आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेसहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ । अदालतभित्र उपप्राध्यापक चलाउनेसहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने, “अदालतमा होहल्ला गरेपछि प्रहरीले चलाउनेसहित […]