अनि मेस्सीलाई सन्याश तोडेर फुटबलमा फर्काउन अर्जेन्टिना एकजुट भयो…

‘मेरो भागमा अर्जेन्टिनाका लागि उपाधि जित्न लेखेको रहेनछ’ कोपा अमेरिका २०१६ को फाइनलमा चिलीसँग पराजित भएपछि लियोनल मेस्सीले भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्याशको घोषणा गर्दा विश्व फुटबल ‘स्तब्ध’ भएको थियो। मेस्सी डाक्को छाडेर रोएका थिए।  लगातार तेस्रो वर्ष फाइनलमा पराजित भएपछि ३० वर्षका (त्यतिबेला) मेस्सीमा एकपछि अर्को निराशा थपिनु अस्वभाविक थिएन। २ वर्षअघि विश्वकपको फाइनल […]

सम्बन्धित सामग्री

सन् २०३० को विश्वकप गर्न अर्जेन्टिनासहित चार ल्याटिन अमेरिकी देशको दाबी

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार ल्याटिन अमेरिकी देशले संयुक्त प्रस्ताव गरेका छन् । लेटिन अमेरिकी देशहरु अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी पेस गरेका हुन् । सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करण आयोजना गरेको उरुग्वे शताब्दी उत्सवमा विश्वकप फर्काउन चाहन्छ । विश्वकपको […]

ब्राजिललाई  पराजित गर्दै अर्जेन्टिनाले जित्यो प्रतियोगिताको उपाधि

असार २७, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिका- २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।  चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १- ० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो। पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।  ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए। अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो।  त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फीफा विश्वकपको फाइनलमा पुगे पनि उपाधिबाट बन्चित हुँदै आएको थियो। यसअघि १९९३ को कोपाको फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २- १ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।  अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा पनि चिलीसँग पराजित भइको थियो । उपाधिसँगै कब्जा गरेसँगै अर्जेन्टिनाले २८ वर्ष लामो उपाधि तोडेको हो । एजेन्सीहरुको सहयोगमा

पाराग्वेबिरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जीत

कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।जीतसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।