ब्राजिललाई  पराजित गर्दै अर्जेन्टिनाले जित्यो प्रतियोगिताको उपाधि

असार २७, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिका- २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।  चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १- ० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो। पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।  ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए। अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो।  त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फीफा विश्वकपको फाइनलमा पुगे पनि उपाधिबाट बन्चित हुँदै आएको थियो। यसअघि १९९३ को कोपाको फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २- १ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।  अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा पनि चिलीसँग पराजित भइको थियो । उपाधिसँगै कब्जा गरेसँगै अर्जेन्टिनाले २८ वर्ष लामो उपाधि तोडेको हो । एजेन्सीहरुको सहयोगमा