काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले पार्टीका केही मानिसहरुले नकारात्मक धन्दा गरिरहेको बताएका छन् । आज (मंगलबार) महासमिति बैठकलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरुले पार्टी विरुद्ध नकारात्मक सन्देश जाने काम गरिरहेको बताएका हुन् । उनले कांग्रेस पनि केही काम छैन भनेर कांग्रेसमै आवद्ध व्यक्तिहरुले भनिरहेको भन्दै आक्रोश व्यक्त गरे । […]