अनुगमन संयन्त्र नहुँदा निर्माणाधीन पुल अलपत्र

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ। वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको...

सम्बन्धित सामग्री

साढे ३ वर्षदेखि अलपत्र धाब्लाङ पुलको निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।...

नवलपुरको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र : ठेकेदार सम्पर्क विहीन

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ । तर, वर्षा सुरु ...

बन्दै गरेको पुल अलपत्र छोडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाको वडा नम्बर ४ र ३ को बीचमा रहेको केरुंगे खोलाको पुल निर्माण गर्दै गरेका ठेकेदारको दुई वर्षदेखि कुनै अत्तोपत्तो नै छैन ।

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

काभ्रे र मकवानपुर जोड्ने निर्माणाधीन पुल अलपत्र

काभ्रे : काभ्रेपलाञ्चोक र मकवानपुरको सिमानामा रहेको बागमती खोलामा निर्माणाधीन पक्की पुलको म्याद थपिए पनि अझै अलपत्र रहेको छ। काभ्रेको खानीखोला गाउँपालिका–५ र मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानस्थित् बामगती खोलामा निर्माणाधीन पुल समयमा नसक्दा अलपत्र परेको हो।२०७४ असार ३० मा महाविर/शिखर.तामाकोशी जेभीले २०७६ भदौ ३० मा निर्माण पूरा गर्ने सम्झौता गरेको थियो। सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो। तर‚ थपिएको म्याद सकिँदा समेत १२

अनुगमन संयन्त्र अभावमा निर्माणाधीन पुल अलपत्र

बलेवा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको बताइएको छ ।

निर्माणाधीन पुल अलपत्र

सर्लाही । डेढ महीनाअघि बाढीले क्षति पुर्‍याएको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अघि बढ्न सकेको छैन । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महीना पुगिसकेको छ तर पनि पुल पुनर्निर्माणको काम अलपत्र रहेको छ ।    पुल ढलान भएको २ सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनर्निर्माणको काम डेढ महीना भइसक्दा पनि अघि बढ्न सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनर्निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए ।    सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुल समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए ।    पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार तथा किनमेल गर्न लालबन्दी आउने स्थानीय बासिन्दालाई समस्या परेको छ ।

सिस्नेखोलामा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गएको असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीको पुलमा तस्बिर अपलोड गर्दै एक महिनामा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको फेसबुकमा

निर्माणाधीन पुल अलपत्र

दूधकोशी नदीमा निर्माणाधीन पक्की पुल निर्माणमा चरम ढिलासुस्ती हुँदा उदयपुरको मैनामैनी र भोजपुरको हतुवागढी क्षेत्रका बासिन्दालाई सास्ती हुने गरेको छ। उदयपुरको मैनामैनी र भोजपुरको हतुवागढी जोड्ने पुल नबन्दा नागरिकलाई दैनिक रूपमा कोशी वारिपारि गर्न सास्ती हुने गरेको छ। निर्माण कम्पनीको लापरबाहीले यति ठूलो सरकारी योजना अलपत्र परेको हो।

ठेकेदारको लापरबाहीले पुल अलपत्र

डडेल्धुरा अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माण भइरहेको मोटरेबल पक्की पुल अलपत्र परेको छ । ठेकेदारको ढुलासुस्ती र लापरबाहीका कारण निर्माणाधीन पुल अलपत्र परेको हो । निर्माण कम्पनीले निर्माणकार्य बीचमै छोडेर फरार भएपछि निर्माण कार्य रोकिएको हो ।