बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, उपाध्यक्षमा कोइराला

२७ पुस,काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न विशेष साधारण सभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीलाई अध्यक्ष चुनेको हो । यसअघि केसी संघको उपाध्यक्ष थिए । केसीलाई अध्यक्षमा निर्वाचित गरेपछि संघको उपाध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । उनी माछापुछ्रे बैंकका प्रमुख कार्यकारी […]

सम्बन्धित सामग्री

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, १० सदस्यीय कार्यकारिणी समिति गठन

नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त भएका छन् । एनएमबी बैंकका सीईओ समेत रहेका केसी निर्विरोध निर्वाचित भएका हुन् । यसअघिका अध्यक्ष कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको सो बैंकमा कार्यकाल समाप्त भएसँगै संघको नयाँ अध्यक्षमा केसी निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकर्स संघको अध्यक्षमा केसी

काठमाडौं, पुस २८। नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केसी यस अघि संघको उपाध्यक्ष थिए । यस अघि अध्यक्ष रहेका अनिल उपाध्याय बाहिरिएपछि केसीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। त्यस्तै विशेष साधारणसभाले माछापुच्छ्रे बैंकका […]

नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन, नयाँ अध्यक्षमा एनएमबिका सिइओ केसी चयन

काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले आज सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन भएका हुन् ।  यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।वर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी […]

नेपाल बैंकर्स संघको उपाध्यक्षमा केसी निर्वाचित

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन् ।मंगलवार उनी सर्वसम्मत संघको उपाध्यक्षमा निर्वाचित भएका हुन् । संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय सर्वसम्मतिमै यसअघि नै निर्वाचित भइसकेका थिए ।मंगलवार काठमाडौ...

बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा,अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा भएको छ । संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । नव निर्वाचित अध्यक्ष कृषि विकास बैंकका कार्यकारी अधिकृत हुन् भने संघका निवर्तमान उपाध्यक्ष समेत हुन् ।यस्तै संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने, सन्तोष कोइराला र सुमन शर्मा चयन भएका छन् । नयाँ कार्यसमितिको समयावधि अबको दुई वर्ष हुन

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित

कात्तिक २३, काठमाडौं । नेपाल बैंकर्स संघको मंगलवार सम्पन्न साधारण सभाले अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  उनी  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।  संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका अजयबिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् । यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा संघको सल्लाहकारमा चयन भएका छन् । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

२३ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उपाध्यक्षका अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । संघको नयाँ कार्यसमिति आज मंगलबार नै घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल […]