नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध निर्वाचित

कात्तिक २३, काठमाडौं । नेपाल बैंकर्स संघको मंगलवार सम्पन्न साधारण सभाले अनिल कुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  उनी  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।  संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका अजयबिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् । यस्तै संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिश केशरी शाह, अशोक शम्सेर राणा संघको सल्लाहकारमा चयन भएका छन् । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको लागि संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।