मोरङ व्यापार संघको अध्यक्षमा रिजाल

मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल चयन भएका छन्। यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष रहेका रिजाल ३३ औं कार्यसमितिको अध्यक्षमा चयन भएका हुन्।...

सम्बन्धित सामग्री

आयोजकको नजरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’

एक्स्पोले उत्साह थप्यो यसपालिको एक्स्पो हामीले अपेक्षा गरेको भन्दा निकै राम्रो भएको छ । अहिलेको आर्थिक मन्दी र व्यापार व्यवसाय शिथिल भएको बेला एक्स्पो आयोजना गरिएको हो । मौसमले पनि साथ दियो । टिमवर्क राम्रो भयो । अध्यक्षज्यूको काम गर्ने दृढ शैलीले हामीलाई पनि उत्साहित बनायो । यसले स्थानीय अर्थतन्त्रलाई पक्कै पनि चलायमान बनाएको छ । व्यापारी तथा उत्पादकलाई राम्रो प्रतिक्रिया आएको छ । उनीहरूले अवसर पाएका छन् । विक्री मूल्य पनि सस्तो राखेको कारण उपभोक्ताले निकै रुचाएका छन् ।  जहाँसम्म सांगीतिक कार्यक्रमलाई बढी प्राथमिकता दिइयो भन्ने कुरा छ, यो मिक्स नै हुन्छ । ट्रेड एक्स्पोको सँगसँगै सांगीतिक कार्यक्रम गर्नु भनेको पर्यटनलाई बढावा दिनु हो । धेरैको आकर्षण सांगीतिक कार्यक्रममा हुन्छ ।  मेला तथा एक्स्पोहरूमा भिजिटर आकर्षित गर्ने प्रभावकारी उपाय सांगीतिक तथा मनोञ्जनमूलक कार्यक्रम पनि हो । त्यसकारण यसलाई बेवास्ता गर्न सकिँदैन । उत्पादन, सेवामूलक उद्योग, पर्यटन क्षेत्रका स्टल पनि उत्तिकै प्राथमिकतामा छन् ।  हामीले गतवर्षभन्दा यो वर्ष ठाउँ बढायौं  अघिल्लो एक्स्पोमा भन्दा हामीले यो एक्स्पोमा ठाउँलाई बढी महत्त्व दिएर तीनओटा डोमको साटो एउटै डोमभित्र २४० ओटा स्टल अटाएका छौं । सांगीतिक कार्यक्रमको आकर्षणलाई ध्यानमा राखेर २० प्रतिशत स्पेस गतवर्षभन्दा बढाएका थियौं । एक्स्पो छिर्नासाथ जमीनमा टेक्नै नपर्ने गरी कार्पेटिङ गरेका छौं । शौचालय, सरसफाइमा पनि यो पटक निकै प्राथमिकताका साथ काम गरिएको छ । जोगवनीमा पाउने सामान यहीँ पाउँछ  अरूबेलाको भन्दा यो पटकको एक्स्पो अलिक फरक छ । यसमा विविधता थप्ने हाम्रो प्रयत्न रह्यो । कृषि र उद्योग क्षेत्रका उत्पादनसँगै सेवा व्यापारलाई पनि प्राथमिकतामा राख्यौं । यो पटक धेरै उपभोक्ताको आकर्षण प्लाष्टिकका सामानमा देखियो । पहिला नेपालमा नै उत्पादन हुन्छ भनेर थाहा नपाउँदा उपभोक्ताले जोगवनी पुगेर सामान ल्याउनुहुन्थ्यो । यो पटक धेरै स्टलहरू नेपाली उत्पादनका भएकाले उपभोक्ताले नेपालमा के के उत्पादन हुन्छ भनेर जानकारी पाए ।  सुरक्षामा संवेदनशील छौंं  यो पटक हामीले सुरक्षा निगरानी बढाएका छौं । ससाना कुराहरू पनि हामीले ५२ ओटा सीसी क्यामेरा र ड्रोन क्यामेराबाट हेरिरहेका हुन्छौं । हाम्रो मेलाको सीसी क्यामेराको कनेक्सन जिल्ला प्रहरी कार्यालयमा पनि भएकाले त्यहाँबाट पनि प्रत्यक्ष निगरानी भइरहेको छ । यसका साथै नेपाल प्रहरी सशस्त्र प्रहरी, निजी सुरक्षाकर्मी गरेर दैनिक ६० जना परिचालन गरिएको छ । सुरक्षाको दृष्टिले कुनै समस्या छैन ।  अन्तरराष्ट्रियस्तरको गुणस्तर  हामीले एक्स्पोलाई यो पटक जर्मनी प्रविधिको डोम ल्याएर अन्तरराष्ट्रियस्तरको बनाएका छौं । विदेशतिर पनि आउटडोर एक्स्पो यस्तै डोममा आयोजना हुन्छ । हामीले आर्थिक मन्दीमा पनि एक्स्पो गरेर हिम्मत देखायौं । यसले सबैलाई हिम्मत दिएको छ । अरू बेलाको भन्दा व्यवस्थित गरिएको छ । पाकिस्तान, बंगलादेश र भारतका स्टल राखिएका छन् । फिल्ड व्यवस्थापनमा ध्यान दिएका छौं  एक्स्पोमा हामीले फिल्डको व्यवस्थापन र सरसफाइमा ध्यान दिएका छौं । अवलोकनकर्ताको भीडभाडमा हामीले बीचबीचमा आफ्नै मानिसलाई त्यहाँको गतिविधि बुझ्न गोप्य रूपमा परिचालन गरेका छौं । एक्स्पो सफल बनाउन सबैको सामूहिक योगदान भएकाले हामीले पनि विशेष गरेर ध्यान पुर्‍याएर काम गरेका छौं । सामाजिक सञ्जालको प्रयोग बढाएका छौं एक्स्पोमा हामीले अवलोकनकर्तालाई आकर्षित गर्न फेसबुक, इन्स्टाग्राम, ट्वीटरलाई बढी प्रयोग गरेका छौं । टिकटमा पनि क्यूआर सिस्टम गरेका छौं । इन्स्टाग्राम तथा फेसबुक पेज दैनिक १५ हजारभन्दा बढीले भिजिट गर्ने गरेका छन् । हामीले सीसी क्यामेराबाट निगरानी, ड्रोनबाट पनि सुरक्षा निगरानी गरिहेका हुन्छौं । प्रचारप्रसारमाध्यान दियौं  हामीले यो पटक प्रचार प्रसारलाई अलिक फरक शैलीमा लिएर गयौं । शहरी क्षेत्रमा त फोकस छँदै थियो । ग्रामीण भेगमा पनि हामीले प्रचारप्रसार राम्रोसँग गरेका छौं । हामीले विभिन्न जिल्लाका ग्रामीण भेगमा अभियान चलायौं । सामाजिक सञ्जालमा पोष्ट गर्ने, पत्रकार सम्मेलन गर्ने विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार पनि गरिरहेका छौं । माइकिङ पनि गरिरहेका छौं । पहिले स्कुलका विद्यार्थीलाई मात्रै नि:शुल्क भिजिट गराएका थियौं अहिले हामीले कलेजलाई पनि नि:शुल्क अवलोकन गराएका छौं । एउटै डोममा सबै स्टल महोत्सवको तयारी गर्दा सामान्यतया पहिलादेखि नै काम गर्नुपर्छ । गतवर्ष हामीले तीनओटा डोम जोडेर बनाएका थियौं तर यो पटक हामीले जर्मनी प्रविधिको एउटै डोममा सबै स्टल अटायौं । कुनै संस्थाले यसलाई किनेर राखेर भाडामा लगाउने हो भने भारतबाट ल्याउने र लाने भाडा जोगिन्छ । अर्बाैं लगाएर स्थायी संरचना बनाए पनि बुटवलमा त्यसभित्र पनि बाँस गाडेर नै स्टल बनाउनु पर्‍यो । चितवनमा पनि ३७ करोडको लागतमा प्रदर्शनीस्थल बन्यो तर त्यसको सञ्चालन खर्च बढी भएर समस्या आएको मैले सुनेको छु । त्यसैले कम खर्चमा कसरी सजिलो तरिकाले एक्स्पो लगाउन सकिन्छ भनेर काम गर्‍यौं । स्टलको माग बढ्यो  हाम्रो सोचभन्दा पनि राम्ररी सबै स्टल बुक भए । २५० ओटा स्टल हामीले वितरण गर्न सक्यौं । डोमभित्रको आवतजावत र खरीदविक्रीले बढी उत्साह दिएको छ । थप २०/३० ओटा स्टलको माग थियो तर थप्न सकेनौं । ग्रामीण क्षेत्र र कृषि क्षेत्रलाई हामीले नि:शुल्क स्टल दिएका छौं । कुनै कुनै स्टलवालाको क्षमताको आधारमा छूट पनि दिएका छौं । गतवर्षभन्दा यो वर्ष स्टलको भाडा २० हजार रुपैयाँ कम छ । दैनिक सरसफाइमा ध्यान दिएका छौं हामीले दिनमा तीन पटक फिल्ड सफा गर्छौं । भित्र डोमदेखि बाहिर फिल्ड र रेष्टुरेण्टसम्मको सफाइमा ध्यान दिएका छौं । मेलाबाट दैनिक दुई ट्याक्टर फोहोर निस्कन्छ । हामीले फोहोर लैजानका लागि नेपाल फूलबारी संस्थालाई परिचालन गरेका छौं । ६० ओटा डस्टबिनको व्यवस्था मिलाएका छौं । अघिल्लो वर्षभन्दा यो वर्ष सरसफाइमा बढी नै सजगता अपनाइएको छ ।

मोरङ व्यापार संघ एक्स्पो २०२३ : बुकिङ खुलेको सातदिनमै सबै स्टल बुक

विराटनगर। मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिनमै २५० स्टल सबै बुकिङ भएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उक्त एक्स्पोको लागि स्टल थप गर्न माग गरिएपछि ३५ नयाँ स्टल थप्ने योजना रहेको आयोजकको भनाइ छ । वर्तमान आर्थिक शिथिलता चलायमान बनाउने उद्देश्यले संघले पुस ६ देखि १६ गतेसम्म अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी गर्दै छ । व्यापार संघका अध्यक्ष नविन रिजालले एक्स्पो आयोजनामा करीब ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको समेत प्रदर्शनी रहने बताइएको छ । व्यापार रणनीतिअन्र्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार सम्भावना र सेवालाई अन्तरराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य रहेको आयोजकको भनाइ छ । १० दिनसम्म चल्ने यो एक्स्पो चार लाखले अवलोकन गर्ने र करीब १५ करोडको कारोबार हुने विश्वास आयोजकको छ ।

‘मोरङ व्यापार संघ एक्स्पो’ पुस ६ देखि

विराटनगर। मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म सातौं ‘मोरङ व्यापार संघ एक्स्पो २०८०’ आयोजना गर्ने भएको छ । यसअघि हुँदै आएको अन्तरराष्ट्रिय कृषि, औद्योगिक तथा व्यापार मेलाकै निरन्तरतास्वरूप यसपटक संघको नाम राखेर एक्स्पो सञ्चालन गर्न लागिएको हो । विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पो सञ्चालन हुने एक्स्पोका संयोजक अनिल साहले जानकारी दिए । क्रिसमस र अंग्रेजी नयाँ वर्ष समेत पर्ने भएकाले नेपाल र भारतका गरी करीब ४ लाख अवलोकनकर्ताले मेला भ्रमण गर्ने अनुमान गरिएको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मेलालाई भव्य रूपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक र संघका सचिव सञ्जय श्रेष्ठ तथा कार्यकारिणी सदस्य अमित शारडालाई सह–संयोजकको जिम्मेवारी दिइएको बताए । संघका अध्यक्ष रिजालले मेलामा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान रहेको बताए । मेला सम्पन्न गर्न साढे ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने उनको भनाइ छ । नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तरप्रादेशिक व्यापार सम्भावना बोकेका उत्पादन र सेवाको अन्तरराष्ट्रिय बजार विस्तारको लक्ष्य  नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तरप्रादेशिक व्यापार सम्भावना बोकेका उत्पादन र सेवाको अन्तरराष्ट्रिय बजार विस्तारको लक्ष्य राखेर मेला आयोजना गर्न लागिएको अध्यक्ष रिजालले बताए ।  मेलामा २५० स्टल रहनेछन्, जसमा ग्रामीण क्षेत्रबाट आउने कृषि तथा महिला उद्यमीका लागि १० ओटा स्टल नि:शुल्क हुनेछन् । एउटा स्टलको शुल्क भ्याटबाहेक ४० हजार रुपैयाँ राखिनेछ । मेलामा जर्मन प्रविधिको ह्याङगर र अक्टानर्म स्टल तयार पारिनेछ । मेलामा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन समेत राखिने संघले जानकारी दिएको छ । संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले सुनसरी–मोरङ औद्योगिक कोरिडोर चलायमान रहेको सन्देश दिने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको बताए । सरकारको कर उठिरहेको र बाहिरबाट आउने विप्रेषण समेत बढिरहेकाले अहिले उपभोक्तामा खर्च गर्ने क्षमता रहेको भन्दै उनले मेलामा उनीहरूको आकर्षण बढ्ने अपेक्षा गरे । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले यसअघि आयोजना गरिएको व्यापार मेलामा सांगीतिक क्षेत्रमा बढी दर्शकको घुइँचो भएकाले यसपटक स्टल घटाएर सांगीतिक कार्यक्रमका लागि पर्याप्त स्थान छुट्ट्याइएको जानकारी दिए ।

बैंकिङ नीतिविरुद्ध मोरङका उद्योगी व्यवसायीले गरे प्रदर्शन

नेपालको पहिलो व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले सुयुक्त रुपमा बुधबार विराटनगरमा बैंकिङ नीतिकाविरुद्ध मौन जुलुस प्रदर्शन गरेका छन्।...

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’को तयारी पूरा

विराटनगर (अस) । प्रदेश नं १ को राजधानी विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको बिहीवार पत्रकार सम्मेलनमार्फत मोरङ व्यापार संघ, एक्स्पो आयोजक समितिले जानकारी दिएको हो । आयोजक समितिका अनुसार शुक्रवार बिहान ११ बजे संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले एक्स्पोको उद्धाटन गर्नेछन् । विशेष आकर्षणसहित आयोजना हुन लागेको एक्स्पो विगतका वर्षको भन्दा फरक हुने आयोजकले बताएको छ । एक्स्पो सञ्चालनको अवधिभर १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित लन्डन ब्रिज, बुर्ज खालिफा, बुर्ज अल अरब र सेन्ट बेसिल जस्ता अन्तरराष्ट्रिय ख्यातिप्राप्त संरचनाको प्रतीक आकर्षणका रूपमा रहेका छन् । ९ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादनको समेत प्रदर्शनी एवं विक्री हुनेछ । एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, अटोमोबाइल्स, बाल उद्यान र खानाका विभिन्न परिकार उपलब्ध हुनेछ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहनेछ । एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधिको प्रचारप्रसार, उत्पादक–उपभोक्ताबीच सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन र लगानीमैत्री वातावरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुल २७० स्टल रहने एक्स्पो ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले बताएको छ । एक्स्पोको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि भने विशेष छूटको व्यवस्था गरिएको छ ।

मोरङ व्यापार संघ ट्रेड एक्स्पो १८ चैतदेखि

विराटनगर-कोरोना महामारीका कारण थलिएको पूर्वको उद्योग व्यवसायलाई चलायमान बनाउने उद्देश्यका साथ देशकै सबैभन्दा पुरानो उद्योगी व्यापारीहरूको छाता संगठन मोरङ व्यापार संघले अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ ।आगामी १८ चैतदेखि ९ दिनसम्म सञ्चालन लागिएको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी सुरु भइसकेको संघले जनाएको छ । संघ पत्रकार सम्मेलन गरेर २६ चैतसम्म अन्तर्राष्ट्रिय कृषि, […]

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ हुँदै

विराटनगर (अस) । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । प्रदेश १ को उद्योग, व्यवसाय, कृषि, पर्यटन र सेवा क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले संघले अन्तरराष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । मेलाले उत्पादन तथा सेवाको प्रवर्द्धन, स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी, विक्रीका साथै व्यापार र लगानीका सम्भावनाको पहिचानमा मद्दत पुग्ने कार्यक्रमका संयोजक विकासकुमार बेगवानीले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरको प्रवद्र्धन र अर्थतन्त्रलाई चलायमान राख्ने उद्देश्यले आयोजना गरिने प्रदर्शनीमा प्रविधियुक्त एसी र कुलर सहितका २८१ ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा करीब ३ करोड खर्च हुने र करीब ४५ करोडसम्मको कारोबार हुने आयोजकको अनुमान छ ।

मोरङ व्यापार संघ अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार : अर्थमन्त्री

मंसिर १७, विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ व्यापार संघलाई अर्थ मन्त्रालयको सल्लाहकार भएको बताएका छन् । व्यापार संघको ६५ औं साधारण सभालाई शुक्रवार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले, ‘म मोरङ व्यापार संघलाई आर्थिक सल्लाहकारको संस्था घोषणा गर्छु, यससँग जोडिएका उद्योगीहरुको सल्लाहमा अघि बढ्छु ।’ उनले सरकार र निजी क्षेत्र एकअर्काका प्रतिद्वन्दी नभई सहयोगी हुनु पर्ने र आर्थिक विकासको मेशिन नै निजी क्षेत्र भएकोले निजी क्षेत्रको सुझाव सल्लाह र आलोचनाबाटै आफूहरु अघि बढ्ने बताए । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनु पर्ने बताउँदै उनले आर्थिक विकास नभए व्यवस्था प्रतिनै जनताले विद्रोह गर्ने उल्लेख गरे ।  आर्थिक विकासले मात्र जनताको आकांक्षा पूरा गर्न सकिने उनले उल्लेख गरे । स्थानीय र प्रदेशलाई बलियो र क्षमतावान बनाएर ५ वर्ष कस्सिएर लाग्दा विकासमा निकै ठूलो फड्को मार्न सकिने बताउँदै उनले अबको योजना १०० वर्षपछिका लागि बनाएर अघि बढ्नु पर्ने उल्लेख गरे ।  उदारवादी अर्थतन्त्रले असमानता बढेर गएकाले असमानता घटाउन प्रगतीशिल पूँजीबाद आवश्यक रहेको उनले बताए । विराटनगरको खुला सीमाबाट नेपालले फाइदा लिन सक्नेगरी विकास गर्नु पर्ने बताउँदै शर्माले विराटनगरबाट दुई घण्टामा सगरमाथा बेस क्याम्प पुग्न सकिने गरि विकास गर्दा कल्पना गरिएभन्दा बढी पर्यटकको भिड लाग्ने बताए ।  नेपाली उद्योगीले विदेशमा उद्योग खोलेर डलर आर्जन गरि नेपाल भित्र्याउन सक्ने भएकाले त्यसलाई स्वीकृति दिने या नदिने भन्ने विषयमा छलफल भइरहेको तर विदेशी बैंकबाट ऋण लिएर उद्योग खोल्न सक्ने प्रावधान रहेको बताउँदै शर्माले एनआरएन र विदेशी संस्थाले नेपालमा खाता खोलेर सोझै डलर पठाउन सक्ने व्यवस्था गरेको जानकारी दिए ।  आफूले बजेट बनाएपनि खर्च गर्ने मन्त्रालय नभएकाले तत्काल पूँजीगत खर्च दु्रत गतिमा खर्च हुन नसकेको उल्लेख गर्दै उनले खर्च गर्ने मोडालिटिमा परिवर्तन गरेर पूँजीगत खर्च समयमानै खर्च हुनेगरी व्यवस्था गर्न लागिएको बताए । मुलुकको व्यापार घाटा कम गर्न विद्युतको खपत बढाएर १० हजार मेगावाट पु¥याउनु पर्ने शर्माले बताए ।  अर्थ सचिव मधुकुमार मरासिनीले पूँजीगत खर्चमा पनि इतिहास रच्नेगरी काम हुने उल्लेख गरे । आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्नेमा कुनै समस्या नरहेको बताउँदै मरासिनीले कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, वृद्ध भत्ता लगायतका विभिन्न तरिकाले ४४ लाख घरमा मासिक रुपमा रकम पुगिरहेकाले खर्च गर्ने अवस्था निराशाजनक नरहेको उल्लेख गरे ।  ९० प्रतिशतको सिडि रेसियो असारसम्ममा रेभ्यू गर्ने व्यवस्था भएकाले तरलतामा समस्या नहुनु पर्ने बताउँदै उनले त्यो बेलासम्म ९५ प्रतिशत नै पुग्ने बताए । उनले राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ कमर्सियल बैंकहरुलाई ट्रेजरी बिल किन्दिन्छु यो रकम लैजाउभन्दा १६ अर्बको निवेदन पर्‍यो तर ९ अर्ब रुपैयाँ  मात्रै बैंकहरुले रकम लगे । अब लिक्विडिटिको समस्या रहेछ की उनीहरुको सोच भन्ने कुरा यो विषयले पनि प्रष्ट पार्ने बताउदै मरासिनीले सरकारलाई सहयोग गर्न बैंकहरुलाई आग्रह गरे ।  उनले भने बढी डिमाण्ड हुँदा पनि बढी हिटिङ हुने भएकाले तरलताको अभाव हुने भएकाले क्रेडिटको डिमाण्ड बढ्यो भन्दै धेरै उत्साहित हुनु हुँदैन, एउटा अनुशासनमा बस्नु पर्ने हुन्छ । पुस महीनामा केही समस्या हुने तर माघ लागिसकेपछि तरलता अभाव नहुने बताए ।  मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल अल्प विकसित मुलुकबाट विकाससिल राष्ट्रमा स्तारोन्नती हुने भएकोमा आफूहरु गौरावान्वीत भएको तर १० वर्षमा विकासील राष्ट्रबाट विकसित राष्ट्रको रुपमा स्तरउन्नति गर्न प्रतिबद्ध भएर लाग्नु पर्ने अवस्था आएको बताए ।  उनलेभावि पुस्तालाई नेपालमै उद्योग व्यवसायप्रति प्रेरित गर्न आवश्यक रहेको तर त्यो त्यति सहज भने नभएको उल्लेख गरे । उनले स्वागत मन्तब्य व्यक्त गर्दै उद्योग व्यवसाय मैत्री नीति बनेमा मात्र मुलुकमा आर्थिक विकास हुने  ताए ।  कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उद्योग संगठनका अध्यक्ष सुयषराज प्याकुरेल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महानुभावहरुलाई सम्मान गरिएको थियो ।

मोरङ व्यापार संघ सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभाको अवसरमा प्रदेश–१ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरङ व्यापार संघलाई सम्मानित गरिएको छ ।उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरङ व्यापार संघ’लाई प्रधानमन्त्री केपी शर्मा ओली, […]