‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’को तयारी पूरा

विराटनगर (अस) । प्रदेश नं १ को राजधानी विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको बिहीवार पत्रकार सम्मेलनमार्फत मोरङ व्यापार संघ, एक्स्पो आयोजक समितिले जानकारी दिएको हो । आयोजक समितिका अनुसार शुक्रवार बिहान ११ बजे संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले एक्स्पोको उद्धाटन गर्नेछन् । विशेष आकर्षणसहित आयोजना हुन लागेको एक्स्पो विगतका वर्षको भन्दा फरक हुने आयोजकले बताएको छ । एक्स्पो सञ्चालनको अवधिभर १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित लन्डन ब्रिज, बुर्ज खालिफा, बुर्ज अल अरब र सेन्ट बेसिल जस्ता अन्तरराष्ट्रिय ख्यातिप्राप्त संरचनाको प्रतीक आकर्षणका रूपमा रहेका छन् । ९ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादनको समेत प्रदर्शनी एवं विक्री हुनेछ । एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, अटोमोबाइल्स, बाल उद्यान र खानाका विभिन्न परिकार उपलब्ध हुनेछ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहनेछ । एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधिको प्रचारप्रसार, उत्पादक–उपभोक्ताबीच सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन र लगानीमैत्री वातावरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुल २७० स्टल रहने एक्स्पो ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले बताएको छ । एक्स्पोको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि भने विशेष छूटको व्यवस्था गरिएको छ ।

सम्बन्धित सामग्री

मोरङ व्यापार संघ ट्रेड एक्स्पो १८ चैतदेखि

विराटनगर-कोरोना महामारीका कारण थलिएको पूर्वको उद्योग व्यवसायलाई चलायमान बनाउने उद्देश्यका साथ देशकै सबैभन्दा पुरानो उद्योगी व्यापारीहरूको छाता संगठन मोरङ व्यापार संघले अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ ।आगामी १८ चैतदेखि ९ दिनसम्म सञ्चालन लागिएको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी सुरु भइसकेको संघले जनाएको छ । संघ पत्रकार सम्मेलन गरेर २६ चैतसम्म अन्तर्राष्ट्रिय कृषि, […]

विराटनगरमा नौदिने व्यापार मेला हुने

मोरङ – कोरोना महामारी र तरलता अभावले थलिएको आर्थिक क्षेत्र चलायमान बनाउने उद्देश्यले मोरङ व्यापार संघले ९ दिने व्यापार मेला गर्ने भएको छ। पत्रकार सम्मेलन गरी जानकारी दिइएअनुसार चैत १८ देखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना हुनेछ। संघका अध्यक्ष नवीन रिजालले मेलामा २८१ वटा स्टलमा घरेलु, साना, मझौला, तथा ठूला उद्योगसँगै […]

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ हुँदै

विराटनगर (अस) । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । प्रदेश १ को उद्योग, व्यवसाय, कृषि, पर्यटन र सेवा क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले संघले अन्तरराष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो । मेलाले उत्पादन तथा सेवाको प्रवर्द्धन, स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी, विक्रीका साथै व्यापार र लगानीका सम्भावनाको पहिचानमा मद्दत पुग्ने कार्यक्रमका संयोजक विकासकुमार बेगवानीले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरको प्रवद्र्धन र अर्थतन्त्रलाई चलायमान राख्ने उद्देश्यले आयोजना गरिने प्रदर्शनीमा प्रविधियुक्त एसी र कुलर सहितका २८१ ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा करीब ३ करोड खर्च हुने र करीब ४५ करोडसम्मको कारोबार हुने आयोजकको अनुमान छ ।

मोरङ व्यापार संघले ट्रेड एक्स्पो गर्ने

२४ फागुन, विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको हो । कोरोनाका कारण थलिएको व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले ट्रेड एक्स्पो आयोजना गर्न लागिएको उनले जानकारी दिए । एक्स्पोमा २७५ वटा स्टलहरू रहने मोरङ व्यापार […]