लयमा फर्कंदै कालिञ्चोकको पर्यटन व्यवसाय

दोलखा । दोलखाको कालिञ्चोकमा पर्यटन व्यवसाय पुरानै लयमा फर्कन थालेको छ । हिउँ पर्ने याम शुरू भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरू भएकाले होटल बुकिङ बढेको होटल सुनपातीका प्रबन्धक विमल ओझाले बताए । विशेषगरी शुक्रवार होटलको ‘अकुपेन्सी’ क्षमता अनुरूप नै हुने गरेको उनको भनाइ छ । यस्तै कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले पछिल्ला दिनमा पर्यटक आउने क्रम बढेको बताए । अन्य दिन ३० देखि ४० प्रतिशत कोठा बुक हुने गरेकोमा शुक्रवार भने ८० प्रतिशतभन्दा पुग्ने गरेको कालिञ्चोकका होटल व्यवसायी बताउँछन् । कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि पर्यटक आगमन ठप्पप्रायः रहेको कालिञ्चोकमा अहिले पुनः पर्यटकीय चहलपहल हुन थालेको छ । साथै केबलकार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरू समेत बढिरहेकोे कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीको भनाइ छ । कोभिडकै कारण करीब डेढ वर्षदेखि केबलकार बन्द थियो । विशेषगरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट हिउँ खेल्न जानेहरूका लागि नजिकको आकर्षक गन्तव्यको रूपमा कालिञ्चोक परिचित छ । दृश्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न वर्षेनि हजारौं मानिस कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोकबाट रोल्वालिङ तथा जुगल हिमश्रृंखला तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटल छन् । महामारीले व्यवसाय नै ठप्प भएको समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले सदरमुकाम चरिकोटका होटल व्यवसायी समेत उत्साहित छन् । कोरोना महामारी बढेका बेला दोलखाको होटल व्यवसायमा दैनिक २५ लाख रुपैयाँ घाटा भएको अनुमान गरिएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलको पनि व्यवसाय बढ्ने गरेको चरिकोटस्थित होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतीले बताए । ‘पर्यटक भरिभराउ हुने भएकाले हिउँ पर्ने सिजनमा यहाँको होटल व्यवसायमा पनि राम्रै कारोबार हुन्छ,’ उनले भने । सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटक अलपत्र पर्न सक्ने भएकाले पहिले नै होटल बुक गरेर मात्र आउन उनको सुझाव छ ।

सम्बन्धित सामग्री

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय,व्यवसायी हर्षित

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।...

पोखरामा पर्यटन व्यवसाय संकटमा

काठमाडौं । पोखरामा पर्यटन व्यवसाय संकटमा परेको छ । ३ वर्षअघि विश्वव्यापी कोरोना महामारीले धराशायी बनाएको पोखराको पर्यटन व्यवसाय अझै फस्टाउन नसकेको पर्यटन व्यवसायीले बताएका हुन् । लगत्तै डेंगु महामारी र त्यसपछि विमान दुर्घटना आदिका कारण पर्यटनले लय लिन नसकेको र बैंक तथा वित्तीय संस्थाको ताकेताले व्यवसायीलाई मनोरोगी बनाएको उनीहरुले बताएका छन् । केही विदेशी […]

चितवनको पर्यटन व्यवसाय सुस्त

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ। एकपटक जंगल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो। राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि […]

लयमा फर्किँदै सौराहाको पर्यटन व्यवसाय

चितवन – नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको  छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले  धमाधम चाडपर्व लक्षित छुट प्याकेज घोषणा गरिरहेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । सौराहाको पर्यटन व्यवसाय ...

कोरोनाको मारमा पर्यटन व्यवसाय

कोभिड–१९ का कारण अन्य क्षेत्रको तुलनामा पर्यटन व्यवसाय नराम्रोसँग थला पर्‍यो । कोरोनाले विश्वव्यापी रूपमा पर्यटन व्यवसाय शिथिल भएको परिवेशमा नेपालले पनि एक खर्बभन्दा बढी घाटा व्यहोरिसकेको छ । नेपालको पर्यटन क्षेत्रमा...

उठ्दै छ पुनहिलको पर्यटन व्यवसाय

माग्दी (पुनहिल) – कोरोना भाइरसको महामारीले थलिएको पर्यटन व्यवसाय विस्तार उठ्ने क्रममा छ। अन्नपूर्ण पदमार्गभित्रको म्याग्दीको पुनहिल क्षेत्रको जनजीविका पर्यटन र यससँग जोडिएका व्यवसायमा निर्भर रहँदै आएकोमा कोरोना भाइरसको महामारीले गम्भीर असर पारेको थियो। तर संक्रमण विस्तारै कम भएसँगै यो क्षेत्रमा पर्यटकको आगमन बढ्दो क्रममा देखिएको छ। स्थानीय व्यवसायीहरुका अनुसार विशेषगरी दसैँको आसपासदेखि पर्यटक आउने […]

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन […]

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

विश्वभरका पर्यटन व्यवसाय सङ्कटमा, साङ्घाइमा पर्यटकको लर्को

साङ्घाइ / कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको शाङ्घाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे

पर्यटन व्यवसाय फेरि ठप्प, बर्दिया निकुञ्जका सबै गतिविधि रोकिए

बर्दिया : २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय ठप्प भयो। कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ।कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन्। दोस्रो चरणको लकडाउनले बर्दियाको पर्यटन व्यवसाय फेरी ठप्प बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताए। ‘कोरोना महामारीले नराम्ररी थला परेको पर्यटन व्यवसाय भर्खरै माथि उठ्न लागेको थियो&rsquo