विप्लवको भिडिओ सन्देश : नेपालका कम्युनिष्टहरुलाई समाप्त पार्ने खेल भैरहेको छ, सबै एक हुनुपर्छ (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि सबै देशभक्त शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । आज (मंगलबार) एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । उनले आजपनि मुलुक धेरै पछि परेको भन्दै दलाल पुँजीवादलाई परास्त गर्नुपर्ने बताए । मुठ्ठीभरका दलाल […]

सम्बन्धित सामग्री

खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्छ : खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताउँदै सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । आइतबार पोखरा रङ्गशालाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गर्नुभयो । “खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना …

सुपर सिक्समा पुग्न नेपालले सुधार्नुपर्ने ४ कमजोरी

११ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनु पर्छ । अथवा वर्षाको कारण खेल रद्द हुनुपर्छ । नेपाल पराजित भएको खण्डमा सुपर सिक्स यात्रा समाप्त हुन्छ र नेपालले १३ औं देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने समीकरण […]

खेल संघहरु इमान्दार हुनुपर्छ : मन्त्री लिम्बू

कास्की। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले विगतको वर्षमा भन्दा धेरैं कम बजेट छुट्याइएको बताए । ‘सरकारले सार्वजनिक […]

पोखराका आधा प्याराग्लाइडिङ कम्पनीले नवीकरणविनै यात्रु उडाउँछन्

३० असार, काठमाडौं । शाहसिक खेल प्याराग्लाइडिङ आफैंमा जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि खेल सञ्चालनको जिम्मा लिएका कम्पनी अझ बढी जिम्मेवार हुनुपर्छ । तर, पोखरा महानगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीमध्ये आधाले दर्ता/नवीकरण नगरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाको क्षेत्राधिकारमा कुल ६३ कम्पनी छन् । जसमध्ये २९ वटा कम्पनीले […]

विद्यालय खेल मैत्री हुनुपर्छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायीक विद्यालय खेल मैत्री हुनुपर्ने बताएका छन्। बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री गहतराजले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेल मैत्री हुनुपर्ने बताए।सामुदायीक विद्यालयले खेलकुदको विकासका लागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै गहतराजले भने, ‘हाम्रा प्राय सबै समुदायीक विद्यालयहरु खेल मैत्री छन्। संस्थागत भन्दा सामुदायीक विद्यालय

एसोसिएटमा टिक्ने मात्र होइन उत्कृष्ट हुनुपर्छ : ज्ञानेन्द्र मल्ल

५ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसीको एसोसिएट देशहरुमा नेपाल उत्कृष्ट टिम बन्नुपर्ने बताएका छन् । ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर मंगलबार बिहान नेपाल आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा त्यसका लागि धेरै प्रतिस्पर्धात्मक खेल आयोजना हुनुपर्ने बताए । ‘अब धेरै भन्दा धेरै खेल हुनुपर्छ । खेल भएर […]

मेस्सी, नेयमार र एम्बाप्पेले पीएसजीको खेल गुमाउने

अन्तर्राष्ट्रिय ड्युटी र चोटका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डत्रय केलियन एम्बाप्पे, नेयमार र लियोनेल मेस्सीले फ्रेन्च लिग वानमा शनिबार राति हुने नवप्रवेशी क्लेरमोन्ट बुटविरुद्धको खेल गुमाउने भएका छन् । दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घण्टाको मात्रै समय पार हुनेछ । फिफाको नियमअनुसार अर्का खेल खेल्नका लागि कम्तिमा पनि ४८ घण्टाको समय पार हुनुपर्छ । यता विश्वकप छनौट खेलका क्रममा एम्बापे भने चोटग्रस्त भएका छन् ।...

ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिल एक–आपसका कट्टर दुस्मन हुन् । यी दुईबीचको खेल सधैँ तनाव र प्रतिस्पर्धात्मक हुन्छ । अझ विश्वकप छनोट हुनुपर्छ, दुवै टोली फरक स्तरमा प्रतिस्पर्धा गर्छन् । यसकारण ब्राजिल र...

खेल सकिँदा मुहारमा मुस्कान हुनुपर्छ– फ्रान्सका प्रशिक्षक डेसच्याम्प

एजेन्सी। फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले युरो–२०२०को अन्तिम–१६मा स्विट्जरल्यान्डविरुद्धको खेल सकिँदा मुहारमा जितको खुशी हुनुपर्ने बताएका छन्। २०१८मा फ्रान्सलाई विश्वकप जिताएका डेसच्याम्पले भने, ‘‘उनीहरू संगठित राम्रो टिम हो। आक्रमण पंक्ति पनि राम्रो छ। उनीहरूलाई कमजोर आँक्ने गल्ती गर्नुहुँदैन। यो नकआउट खेल हो। जित्नका लागि सबै रणनीति अपनाउँछौं। खेल सकिँदा मुहारमा हाँसो हुनुपर्छ।’’