तल्लो चिरखुवा जलविद्युत आयोजनाको लागि लगानी जुट्यो, सेञ्चुरी बैंकको एकल लगानी

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडियो

तनहुँ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतवार (आज) संयुक्तरूपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।   आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट शुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको ब्यास ७.४ मि. रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ ।  सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।  ‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।  सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नुपर्ने बताए ।  ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थ्रु गरी आयोजनाका मुख्य माइलस्टोनहरू पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको कामलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेबार भएर लाग्नु पर्छ’, उनले भने । उनले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको निर्माण छिट्टै अगाडि बढाइने बताए ।  आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।  मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।  प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण कार्य धमाधम भइरहेको छ ।  आगामी असार दोस्रो साता (सन् २०२४ मे)भित्र जग खन्ने कार्य सम्पन्न गरी त्यसपछि (सन् २०२४ जुलाई)बाट मुख्य बाँधको जग निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत रहेको छ ।  प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे.भीले गरिरहेको छ ।  आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरणहरू जडान लगायतका कार्य भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करीब ५५ प्रतिशत छ ।  प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ ।  ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ ।  आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।  यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरूसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।  सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ५६ वटा परियोजना सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितहरूको जीविकोपार्जन तथा आयाआर्जन वृद्धिका लागि विभिन्न शीपमूलक तालिम सञ्चालन गरिएको छ ।  कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार

काठमाडौँ – काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ। बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको […]

२१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक लिमिटेड

एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो । सो आयोजनामा सेञ्चुरी कमर्सियल बैंकको सहवित्तीयकरण रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ ।  जसमध्ये बैंकहरुको ऋण लगानी रु. ३ अर्ब २१

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण ठेकेदारको भुक्तानी अब बैंकहरुले सिधै भारुमा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हालैमात्र विदेशी विनिमय कारोबारसम्बन्धी ‘एकीकृत परिपत्र–२०७८’ संशोधन गर्दैै लगानी बोर्डबाट राष्ट्रिय महत्वको आयोजनाको रुपमा पहिचान भएको र हाल निर्माण शुरु भएको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि निर्माण कम्पनीलाई गरिने भूक्तानीको रकम सिधै भारुमा सटही गर्न पाउने गरी बैंकहरुलाई सुविधा प्रदान गरेको हो ।यस्तो सुविधा परामर्शदाता/निर्माणकर्ता ठेकेदार/आपूर्तिकर

दुई जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको बताए।उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन

तामाकोशी पाँचौं जलविद्युत आयोजनामा लगानी गर्न त्रिपक्षीय सम्झौता

काठमाडौं। दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ। आयोजनाको ऋण लगानीका लागि आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। करिब १६ अर्ब १९ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा सञ्चय कोषले ७०प्रतिशत ऋण लगानी गर्नेछ। बाँकी रकम सर्वसाधारणका लागि शेयर निष्कासन गरी जुटाइनेछ।

मिदिम खोला- १ जलविद्युत आयोजना निर्माण हुने, लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होला सोथार र मर्स्याङ्दी गाँउपालिका अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिले कर्जा लगानी गर्ने भएको छ । हालैमात्र बैंकले जलविद्युत निर्माण कम्पनी माउन्ट रसुवा हाइड्रोपावर प्रा.लिसँग कर्जा लगानीको सहमति गरेको हो । कुल लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ । उक्त आयोजनामा बैंकले लागतको ७० प्रतिशत लगानी गर्ने सहमति गरेको छ भने बाँकी रहेको ३० प्रतिशत निर्माण कम्पनी आफैले व्यहोर्ने सम्झौता

लगानी बोर्डद्वारा दुई जलविद्युत परियोजनाको लागि ९७ अर्बभन्दा बढीको लगानी स्वीकृत

काठमाडौं। लगानी बोर्ड नेपालले दुई ठूला जलविद्युत आयोजनाको लागि ८२ करोड अमेरिकी डलर (९७ अर्ब १४ करोड ५८ लाख १० हजार रुपैयाँं) लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको ४७औंै बोर्ड बैठकले उक्त लगानी स्वीकृत गरेको हो। बोर्डका अनुसार २८५ मेगावाट क्षमताको अप्पर तमोर(ताप्लेजुङ) र १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी (मनाङ) परियोजनाको लागि उक्त रकम स्वीकृति गरिएको हो।

दुई ठूला जलविद्युत आयोजनाका लागि ९७ अर्ब वैदेशिक लगानी स्वीकृत

लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो । ७६५ मेगावाटको तमोर र १४० मेगावाटको मनाङ मर्स्याङ्दी दुबै जलविद्युत आयोजना निर्माणका लागि लगानीको स्वीकृति चिनियाँ कम्पनीले पाएका छन् । योसँगै अब यी दुई आयोजनाको कामले गति पाउने भएको छ ।