काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्स विरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्ल