चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले शुक्रवार प्रकाशन गरेको समाचारमा भारतीय ह्याकहरूले चीन, नेपाल र पाकिस्तानका सरकारी वेबसाइटहरूमा भारतीय ह्याकरहरूले आक्रमण गर्ने गरेको उल्लेख छ ।
गुप्तचर पृष्ठभूमिका मानिसले राज्यको समर्थनमा यस्तो ह्याक गर्ने गरेको हुन सक्ने लेखिएको छ ।
विगत केही वर्षदेखि उनीहरूले रक्षा तथा सैन्य इकाइहरूमा निरन्तर आक्रमण गरिरहेको चीनका अग्रणी साइबर सुरक्षा कम्पनीहरूले गरेको अनुसन्धानमा पत्ता लागेको उल्लेख समाचारमा छ ।
ह्याक गर्ने यस्ता समूहहरूलाई एड्भान्स्ड पर्सिस्टेन्ट थ्रेट (एपीटी) अर्गन...