काठमाडौं : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ। आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम