संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई आज सरकारी निवास बालुवाटारमा बधाईसहित संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नयाँ सरकार कांग्रेसकै नेतृत्वमा गठबन्धनसहित बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न चाहेको सभापति देउवाले स्पष्ट पार्नुभएको नेता कार्कीको भनाई छ । ...

सम्बन्धित सामग्री

मन्त्री र सचिवलाई प्रभावकारी कार्यसम्पादन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको उनका प्रेस प्रमुख गोविन्द परियारले बताए । बैठकमा सरकारको एक वर्षे काम कारबा

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औं वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा […]

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै देउवाले त्यस्तो निर्देशन दिएको सीसीएमसीले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायतको उपस्थिति थियो ।