सरकारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । बैठकमा सरकारको एक वर्षको कार्यकालमा भएका कामकारबाहीको समीक्षा समेत भएको छ । […]