पोखरालाई भरतपुर, भैरहवा र नेपालगञ्ज जोड्दै गुण एयरलाइन्स

निजी क्षेत्रको वायुसेवा कम्पनि गुण एयरलाइन्सले पोखराबाट थप तीनवटा सहरसम्म एकैपटक सिधा हवाई उडान सुरु गर्ने भएको छ। पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जसम्म दैनिक उडान गर्ने तयारी गुणको छ। उडान थपिएसँगै ती क्षेत्रका यात्रुलाई आउजाउमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ।

सम्बन्धित सामग्री

पुराना जहाज बेचेर नयाँ किन्ने योजनामा छौं : गुण एयरलाइन्स

८ फागुन, काठमाडौं । गुण एयरलाइन्सले एक वर्ष अगाडि यती एयरलाइन्ससँग खरिद गरी चलाइरहेका ५ वटा जेटस्ट्रिम (जे४१)जहाज बिक्री गर्न प्रक्रिया थालेको छ । सोही प्रयोजनका लागि अहिले दक्षिण अफ्रिकी पाटी नेपालमा रहेको गुण एयरलाइन्सका बजार …

चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं भाडादर

नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटेको छ । गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटेको हो ।

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।             काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ । रासस

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]

गुण एयरलाइन्स उडान विस्तार गर्दै, शुक्रबारबाट विराटनगर र सिमरामा उडान थाल्ने

काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले शुक्रबारबाट विराटनगर र सिमरा तर्फ नियमित उडान गर्ने भएको छ। कम्पनीले असोज एक

आजदेखि भैरहवा उडान भर्दै गुण एयरलाइन्स

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ।

८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आप्mनै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण एयरलाइन्सले आज शुक्रवारदेखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्न लागेको छ । सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय समस्या देखिएपछि सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । त्यसपछि ‘गुण’ ब्रान्ड हटेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठले गुणको ब्रान्डमात्रै प्रयोग नभएको बताए । ‘अहिले पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेर कम्पनीले हवाई सेवालाई निरन्तरता दिन लागेको हो,’ श्रेष्ठले भने, ‘यसको शुरुआत आज शुक्रवारदेखि काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट गर्दै छौं ।’ सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएका थिए । त्यसमध्ये अहिले दुईओटा जहाज गुणकै नाममा आएको उनको भनाइ छ । तर, दुईओटा जहाज भने अर्काे अपरेटर कम्पनीलाई उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए । यसैगरी उनले यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः गुण ब्रान्डबाट शुरू गर्न लागिएको जानकारी दिए । कम्पनीसँग अहिले जेटस्ट्रीमका ५ र बिचक्राप्mटका दुईओटा जहाज छन् । बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । यिनै जहाजबाट कम्पनीले उडान गर्नेछ । पाँचओटा जहाज किनेर पुरानै ब्रान्डमा फर्किएको गुण एयरलाइन्सले काठमाडौं बेस बनाएर दशैंअघि नै क्रमशः ट्रंक रूटमा सेवा विस्तार गर्ने योजना राखेको छ । गुण एयरलाइन्स व्यवसायी राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण ग्रूपअन्तर्गत रहेर सञ्चालन हुनेछ ।

सिम्रिक एयरलाइन्स अब ‘गुण एयरलाइन्स’ बन्यो, वैशाखबाट उडान

९ चैत, काठमाडौं । नेपाली आकासमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित वायुसेवा कम्पनी अब ‘गुण एयरलाइन्स’का रुपमा पुनः सञ्चालनमा आउने भएको छ । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । व्यवस्थापक परिवर्तन भएपछि गुण …