चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं भाडादर

नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटेको छ । गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटेको हो ।

सम्बन्धित सामग्री

पाल्पामा घट्यो सवारीसाधनको भाडा

पाल्पा : जिल्लामा व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडा घटाएका छन्।चर्को भाडा असुलेको यात्रुको गुनासोपछि सरोकारवाला पक्षको बैठक बसेर नयाँ भाडादर कायम गरिएको हो। तानसेन नगरपालिका– ९ र आसपासका २०० भन्दा बढी सर्वसाधारणले सार्वजनिक सवारीसाधनमा भाडादर महँगो भएको भन्दै हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए। वडाध्यक्ष राजेशकुमार अर्यालले वडाले जनताको गुनासोलाई समन्वय गरेपछि नयाँ भाडादर कायम भएको बताए। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले यात्रुले गरेको गुनासो र निवेदन

घट्यो सवारीसाधनको भाडा

काठमाडौँ,१२ असार । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो । यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच […]

घट्यो अन्तर प्रदेश सवारी भाडादर (सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चलने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ। शनिबार सरकारले डिजेलको मूल्य २९ रुपैयाँ घटाएसँगै विभागले आज आइतबारदेखि नै लागू हुने गरी भाडादर घटाएको...

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ । […]

इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ। (कुन रुटमा कति घट्यो? हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो, यस्तो छ पछिल्लो भाडादर !

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत […]

चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं हवाई भाडादर

पुस २५, सुर्खेत । सुर्खेतमा नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ ।  गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान शुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिँएसँगै भाडादर सस्तो भएको हो ।  बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको छ । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ ।  त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ नै दिएको छ ।  भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।  यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो ।

सवारीसाधनको भाडादर घट्यो

मुगु, (नेस) । जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको जिप भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको भाडा बढी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले जिप र बस भाडादर निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगढीदेखि ताल्चसम्मको जिपको भाडादर ३ सय रुपियाँ निर्धारण गरिएको बताउनुभयो । […]

गमगढीदेखि ताल्च सम्म भाडादर घट्यो

मुगु – सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको जिप भाडादर अत्याधिक रूपमा बढी भएकाले पछिल्लो समयमा जनगुनासो आएको हुँदा उक्त जनगुनासोलाई मध्येनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले भाडादर निर्धारण गरेको हो ।विगतका दिनहरुमा गमगढी बजारदेखि ताल्चसम्मको कच्ची सडकको भाडादर ५ सय रहेको थियो भने यसलाई परिमार्जन […]

पुसदेखि लागु हुने गरी विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

१ कात्तिक, काठमाडौं । नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर घट्ने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो । कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा […]