पुनरागमनको दुई सातामै गन्तव्य विस्तार गर्दै गुण एयरलाइन्स, अब नौ ठाउँका लागि उडान तयारी

काठमाडौं। गुण एयरलाइन्सले सेवा सुरु गरेको दुई सातामै गन्तव्य विस्तार गर्ने भएको छ। आठ वर्षपछि पुनः सञ्चालनमा आएको कम्पनीले यो साताबाटै आफ्नो सेवा

सम्बन्धित सामग्री

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।             काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ । रासस

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]

गुण एयरलाइन्स उडान विस्तार गर्दै, शुक्रबारबाट विराटनगर र सिमरामा उडान थाल्ने

काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले शुक्रबारबाट विराटनगर र सिमरा तर्फ नियमित उडान गर्ने भएको छ। कम्पनीले असोज एक

आजदेखि भैरहवा उडान भर्दै गुण एयरलाइन्स

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ।

गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने

वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ  । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने । उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।

गुण एयरलाइन्सको उडान शुरु, यस्तो छ यात्रुहरुको प्रतिक्रिया

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेटस्ट्रिम सहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिस्पर्धा गर्नका लागि नआएको बताए । उनले एयरलाइन्सले कोरोना मह

८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आप्mनै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण एयरलाइन्सले आज शुक्रवारदेखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्न लागेको छ । सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय समस्या देखिएपछि सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । त्यसपछि ‘गुण’ ब्रान्ड हटेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठले गुणको ब्रान्डमात्रै प्रयोग नभएको बताए । ‘अहिले पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेर कम्पनीले हवाई सेवालाई निरन्तरता दिन लागेको हो,’ श्रेष्ठले भने, ‘यसको शुरुआत आज शुक्रवारदेखि काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट गर्दै छौं ।’ सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएका थिए । त्यसमध्ये अहिले दुईओटा जहाज गुणकै नाममा आएको उनको भनाइ छ । तर, दुईओटा जहाज भने अर्काे अपरेटर कम्पनीलाई उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए । यसैगरी उनले यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः गुण ब्रान्डबाट शुरू गर्न लागिएको जानकारी दिए । कम्पनीसँग अहिले जेटस्ट्रीमका ५ र बिचक्राप्mटका दुईओटा जहाज छन् । बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । यिनै जहाजबाट कम्पनीले उडान गर्नेछ । पाँचओटा जहाज किनेर पुरानै ब्रान्डमा फर्किएको गुण एयरलाइन्सले काठमाडौं बेस बनाएर दशैंअघि नै क्रमशः ट्रंक रूटमा सेवा विस्तार गर्ने योजना राखेको छ । गुण एयरलाइन्स व्यवसायी राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण ग्रूपअन्तर्गत रहेर सञ्चालन हुनेछ ।

सिम्रिक एयरलाइन्स अब ‘गुण एयरलाइन्स’ बन्यो, वैशाखबाट उडान

९ चैत, काठमाडौं । नेपाली आकासमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित वायुसेवा कम्पनी अब ‘गुण एयरलाइन्स’का रुपमा पुनः सञ्चालनमा आउने भएको छ । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । व्यवस्थापक परिवर्तन भएपछि गुण …