घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र गर्न लागिएको हो । पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको आयोजनाका सबइञ्जीनियर दवलसिंह तामाङले जानकारी दिए । ‘पोखरेबगरबाट घोप्टेखर्कसम्मको ढलान र सोलिङ गर्ने अधिकांश काम सकिएको छ,’ उनले भने, ‘कालोपत्र गर्नुपर्ने ठाउँमा सबबेस राख्न र घोप्टेखर्कबाट चित्रेखण्डमा विस्तारको काम भइरहेको छ ।’ तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मङ्सिरदेखि आयोजना शुरू गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना संघीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ । कच्ची, साँघुरो र ग्रेड नमिलेको सडक फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलिङ बनाउन र ३ दशमलव ७५ किलोमिटर कालोपत्र गर्न २०७५ मङ्सिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले आगामी वैशाख महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरणका साथ दैनिक १२० मजदुर परिचालन गरिएको बताए । ‘शिख क्षेत्रमा सबबेस राख्ने काम भइरहेको छ, घारको धरमपानी, खिवाङ र मूलपानीमा कल्भर्ट निर्माण शुरू भएको छ,’ उनले भने, ‘तापक्रम अनुकूल भएपछि फागुनदेखि कालोपत्र शुरू गर्नुअघि नै विस्तार, नाली र पर्खाल निर्माणको काम सक्ने हिसाबले उपकरण र मजदुर परिचालन गरेका छौं ।’ २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण व्यवसायीले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्नु, आयोजना प्रमुख छिटो–छिटो परिवर्तन हुनु, घार खण्डमा सामाजिक समस्या, कोरोना महामारी, बन्दाबन्दी र निषेधाज्ञा, पहिराको समस्याले ढिलाइ भएको हो । काम शुरू भएदेखि आयोजनाका पाँच प्रमुख फेरिएका छन् । अन्नपूर्ण गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले पछिल्लो समय सडक निर्माणले तीव्रता पाएपछि आशा जागेको र उत्साहित बनाएको बताए । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महŒव छ । सडक स्तरोन्नतिपछि घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

सम्बन्धित सामग्री

दोभान–सान्थाक्रा सडक कालोपत्र हुने

फुङ्लिङ (ताप्लेजुङ), १६ फागुन । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम […]

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने

फुङ्लिङ– ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो  ।  मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगामले जानकारी दिए। उनका अनुसार […]

छ किमी सडक कालोपत्र

काठमाडौँ, १९ चैत । दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ । […]

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ । सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्न

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो ।उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको

फूलबारी–पूवाडाँडा सडक कालोपत्र

वालिङ, १९ फागुन । स्याङ्जाको आँधीखोला गाउँपालिका– ३ स्थित फूलबारी–पुवाडाँडा सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा नं ३ सम्म पुग्ने सडक कालोपत्र गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए । “स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य, पुशपक्षीजन्य उत्पादनको बजारीकरणकासाथै मानिसलाई आवातजावतमा पनि सहजता पुग्ने गरी […]

पाथीभरा जाने सडक कालोपत्र हुने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर […]

पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्

रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै

मान्म- रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो । हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिए । ‘कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा […]

स्थानीय सरकारद्वारा २९ सडक कालोपत्र सम्पन्न

लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।   नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, “हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब...