पाकिस्तान : इमरान खान नेतृत्वको सरकार अल्पमतमा, तल्लो सदनमा बहुमत गुमायो

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो । सत्ता साझेदार दल  एमक्यूएमले समर्थन फिर्ता गरेसँगै खान नेतृत्वको सरकारले तल्लो सदनमा बहुमत गुमाएको छ । संसदमा सरकार समर्थक सांसदको संख्या एक सय ६४ छ भने विपक्षी सांसदको संख्या एक सय ७७ छ । बहुमतका लागि एक सय ७२ सांसदको आवश्यक पर्ने हुन्छ । विपक्षी दलले प्रधानमन्त्री खान विरुद्...

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा हाजिर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् । उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए । खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घरमा प्रहरी पसेको अन्तर्राष्ट्रिस ुञ्चार माध्यमले जनाएका छन् । अदालतले खानलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि गत […]

डस्चार्ज भए इमरान खान

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन्। उनको खुट्टामा गोली लागेको थियो। उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ। पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन्। एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट […]

पाकिस्तान पनि श्रीलंकाकै बाटोमा : इमरान खान

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘हामी श्रीलंकाको अवस्थाभन्दा […]

इमरान खान नौ क्षेत्रबाट चुनाव लड्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विधानसभाको रिक्त स्थानका लागि हुन लागेको निर्वाचनमा नौ निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् ।  पाकिस्तान तेहरिक आइ –इन्साफ (पिटिआई) का प्रमुख रहेका खानले उपचुनाव हुन लागेका सबै...

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन : इमरान खान

पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रने समेत उनले चेतावनी दिएका छन् ।  खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए । ‘हामी श्रीलंकाक

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैनः इमरान खान

एजेन्सी – पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-इ-इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन्। सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन्। पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक […]

इमरान खान मिडियाविरुद्ध खनिएपछि…

एजेन्सी, ७ चैत्र । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पछिल्लो समय देशको मिडियाविरुद्ध खनिन थालेका छन् । उनले मिडियाले देशबाहिरबाट रकम पाइरहेको आरोप समेत लगाएका छन् । नाम उल्लेख नगरी विभिन्न उद्देश्यका देशभित्रका संस्था र बाहिरी मुलुकबाट रकम प्राप्त गरिरहेको आरोप लगाएका हुन् । खानले यस्तो आरोप लगाएपछि पाकिस्तानको पत्रपत्रिकाका सम्पादकहरुको संगठन द काउन्सिल अफ पाकिस्तान […]

इमरान खान सरकारको विरोधमा पिपिपीको विरोध मार्च

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का कार्यकर्ता र समर्थकहरूले प्रधानमन्त्री इमरान खान सरकारको विरोधमा कराँचीबाट इस्लामाबाद तर्फ लामो मार्च सुरु गरेका छन्। सरकारले देशको विश्वास गुमाएको आरोप लगाउँदै उनीहरुले पहिला दश...

किन गए इमरान खान साउदी अरब?

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिने भ्रमणमा हिजो शुक्रबार त्यता पुगेका छन्। दुई देशबीच वर्षौंदेखि रणनीतिक सम्बन्ध बलियो भए पनि क्षेत्रीय मुद्दाबारे हालैका दिनमा मनमुटाव पैदा भएको छ। २०१८ मा पाकिस्तान आर्थिक तनावमा रहेका बेला साउदीले तीन अर्ब २० करोड डलर ऋण दियो। तर पनि दुई देशबीच सफा सम्बन्ध बन्न नसकेको अवस्थामा खान साउदी गएका हुन्।