पाकिस्तान : न्यायाधीशसँग माफी माग्न अदालत पुगे इमरान खान, र्यालीमा दिएका थिए धम्की

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अतिरिक्त सत्र न्यायाधीश जेबा चौधरीसँग माफी माग्न अदालतमा हाजिर भएका छन् । अगस्ट २० मा इस्लामावादको एक र्‍यालीमा उनले आफ्ना सहकर्मी शाहबाज गिलमाथि भएको व्यवहारका लागि प्रहरी अधिकारी, निर्वाचन आयोग र राजनीतिक विरोधीविरुद्ध मुद्दा दर्ता गर्ने धम्की दिएका थिए ।शाहबाज गिललाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो । इमरान खानले र्‍यालीमा विशेष गरी न्यायाधीश जेबा चौधरीलाई निशाना बनाएका थिए, जसले इस्लामाबाद पुलिसको अनुरोधमा शाहबाज गिललाई दुई दिनको पुलिस रिम

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा पाकिस्तानमा प्रदर्शन

२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि इस्लामावाद उच्च अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको थियो । खान पक्राउ परे लगत्तै उनको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका कार्यकर्ताले देशभर प्रदर्शन […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा हाजिर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् । उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए । खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घरमा प्रहरी पसेको अन्तर्राष्ट्रिस ुञ्चार माध्यमले जनाएका छन् । अदालतले खानलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि गत […]

शहबाज सरिफलाई पदमुक्त गर्न माग गर्दै इमरान खान पुगे सर्वोच्च अदालत

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ  र उनको मन्त्रिपरिषदलाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् । पीटीआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ ।प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भएपनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको,