जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत

सम्बन्धित सामग्री

आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं,४असोज।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आज बिहीबारदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको छ।विद्यालय बन्द हुँदा देशभरका ७०लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने अवस्था छ।सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ।

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

काठमाडौं, १७ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको […]

तलब नदिएको भन्‍दै धनुषामा शिक्षक र कर्मचारीले गरे सामुदायिक विद्यालय बन्द

८ पुस, काठमाडौं। धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए । उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग […]

सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता […]

शिक्षक-अभिभावकको समझदारीले अब्बल बनेको सामुदायिक विद्यालय

सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।केही यस्

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँ, २६ जेठ । काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको राससलाई जानकारी दिए । […]

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो ।  नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए ।भर्खरै सुरु गरिएको दुबै विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ को पढाइ सुरु गरिएको छ । चुनदेवी आधारभूत विद्यालयमा दुई शिक्षक र महादेव आधारभूत विद्यालयमा तीन शिक्षक राखेर कक्षा शिक्षण स

यसरी सुधार गर्न सकिन्छ सामुदायिक विद्यालय

'कक्षामा के पढाउने?' भन्ने योजना बिनै शिक्षक कक्षा प्रवेश गर्छन्। यस्ता क्रियाकलापले सामुदायिक विद्यालयको गुणस्तरमा कमी ल्याएको छ। शिक्षकले पढाउने भन्दा पनि राजनीति गर्न व्यस्त हुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षालाई पछाडि धकेल्न टेवा पुर्याएको छ।

ताप्लेजुङका सामुदायिक विद्यालय छैनन् छात्रामैत्री

छात्राहरूलाई महिनावारीको समयमा धेरै समस्या, शिक्षक–शिक्षिकालाई आफ्ना समस्या भन्न धक मान्छन् नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा (५) मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका...