राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्यमा सुधार

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।  उनका अनुसार...

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्यमा सुधार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, […]

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। एएनआईका अनुसार  मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण…

काँग्रेस महामन्त्रीको स्वास्थ्यमा सुधार

कोरोना संक्रमण भइ सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको छ । सोमबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिर र सुधारोत्मुख भएको जानकारी दिएको हो । खड्का कोरोना संक्रमण भएपछि असोज १२ देखि सो अस्पतालमा उपचाररत छन् ।

कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका बिष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।

गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार, निकालियो अक्सिजनको सहायताबाट

काठमाडौं : कोरोना संक्रमित गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। हाल उनलाई अक्सिजनको सहायताबाट बाहिर निकालिएको छ। कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि शरीरमा अक्सिजन लेभल कम देखियो र उनी ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण…

गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताएका छन्।  उपचारमा संलग्न डाक्टरका अनुसार गायक श्रेष्ठको ...

झलनाथ खनालको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार

काठमाडाैं : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ।केही समयअघि कोरोना संक्रमण भएका उनी ललितपुरस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। आज उनको करोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। आज फेसबुकमार्फत उनले आफू विस्तारै स्वस्थ हुँदै गएको जनाएका छन्। उनले लेखेका छन्- करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट सारियो वार्डमा

काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमलकाे गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा

कोरोना संक्रमण भएर नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । शाहलाई सघन उपचार कक्ष (आईसीयू) बाट बुधवार कोभिड वार्डमा सारिएको हस्पिटलले जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको जनाउँदै आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधवारदेखि वार्डमा सारिएको जनाएको छ । शाहको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रूपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । हस्पिटलमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह...

अक्सिजनको हाइफ्लो सपोर्टमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । कोरोना संक्रमण भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।कोरोना संक्रमण भई ९ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयुमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।