कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका बिष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।

सम्बन्धित सामग्री

मिडिया उद्यमी शेरचनको कोरोनाबाट निधन

काठमाडौं, नेपाल समाचारपत्र । कोराना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष एवं सञ्चार उद्यमी महेन्द्र शेरचनको बुधबार निधन भएको छ । नेपाली मिडिया क्षेत्रले सक्रिय उद्यमी गुमाएको भन्दै मिडिया अलाइन्सले अलाइन्सका उपाध्यक्ष, नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष तथा राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष शेरचनको कोरोना संक्रमणबाट निधन […]