कोरोना संक्रमण भइ सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको छ । सोमबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिर र सुधारोत्मुख भएको जानकारी दिएको हो ।
खड्का कोरोना संक्रमण भएपछि असोज १२ देखि सो अस्पतालमा उपचाररत छन् ।