३० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका जिल्लाहरुमा छिटफुट घटना बाहेक बिहानैदेखि शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भइरहेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । बाँकेको कोहलपुरमा वाईसीएलका स्थानीय नेतामाथि धारिलो हतियार प्रहार भएको छ भने पूर्वी रुकुमको पुथाउत्तरगंगाको पेल्मामा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप हुनुबाहेक अन्य स्थानहरुमा चुनाव शान्तिपूर्ण छ । पूर्वी रुकुमको […]