कारोना संक्रमित लता मंगेशकरको अवस्था कस्तो छ ? यसो भन्छन् चिकित्सक

एजेन्सी, २ पुस । भारतीय चर्चित गायिका स्वरा नाइटिङगेल लता मंगेशकर कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना भएकी छिन् । अस्पतालले हरेक दिन विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको छ । अब आइतवार पनि अस्पतालमा लता मंगेशकरको उपचार गरिरहेका डाक्टर प्रता समाधानीले विज्ञप्ति जारी गर्दै लता मंगेशकरलाई हेरचाहको आवश्यकता रहेकाले […]

सम्बन्धित सामग्री

वीपी प्रतिष्ठानको कोभिड अस्पताल तोडफोड :  चिकित्सकलाई ज्यान जोगाउन त्रास

साउन ५, धरान । कोरोना संक्रमणको महामारीमा संक्रमितका आफन्तहरु बिरामी कसरी बचाउने भन्ने चिन्तामा हुन्छन् । चिकित्सकहरु पनि आफ्नै ज्यान जोखिममा राखेर बिरामीको उपचारमा पनि खटिरहेका छन् ।  तर केही अराजक अवस्था सिर्जना हुँदा कोभिड अस्पतालमा बिरामीका आफन्तसँगै चिकित्सकहरु पनि त्रसित हुनुपर्ने बाध्यता बन्दै आएको छ । अस्पतालमा बाहिरबाट ढुंगामुढा बर्साउदा बिरामीको अवस्था के हुने भन्ने चिन्तामा कुरुवाहरु हुन्छन्, अस्पताल भित्रका स्वास्थ्यकर्मीहरु कसरी ज्यान जोगाउने भन्ने चिन्तामै रहन्छन् । मंगलवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा संक्रमण पुष्टि भएकी एक मृतकको आफन्तले ढुंगामुढा गरेपछि प्रतिष्ठान केही बेर तनावग्रस्त बन्यो । अस्पतालभित्र काम गर्ने चिकित्सक तथा नर्सहरु त्रसित थिए, भने बाहिर रहेका कुरुवाहरु बिरामीको उपचारमा के होला भन्ने त्रासमा थिए । घटनाका प्रत्यक्षदर्शी एक कुरुवाले भनिन्, ‘हाम्रो बिरामी भित्र छ, बाहिरबाट ढुंगामुढा बर्सिन थाल्यो, डर हुँदैन ?’ धरान १७ की ५४ बर्षीय शान्ति तामाङको सोमवार कोभिड अस्पतालमा दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । उनलाई असार २७ गते संक्रमण पुष्टि भएको थियो भने ३० गते कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको पेटमा चोट लागेको र उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले बताए ।  तामाङलाई घरमै लडेर घाइते भएपछि प्रतिष्ठान ल्याइएको थियो । उनलाई कोरोना पुष्टि भ पछि कोभिड अस्पताल लगिएको थियो । उनको उपचारमा लापरवाही भएको भन्दै उनका आफन्तहरु आक्रोशित बनेका थिए ।  उपचारकै क्रममा मृत्यु भए पनि आफन्तले फुटेज हेर्न माग गरेका थिए । आफन्त सँग वार्ता भएर सहज वातावरण बनेको थियो । फुटेज हेर्ने समय सिफ्ट चेञ्जको समयमा भएकाले ढिलाई हुँदा बाहिरबाट ढुंगामुढा गर्न थालेको सहप्रवक्ता डा. पोखरेल बताउँछन् । तामाङको पेटको समस्याबाट मृत्यु भएको पोखरेलको भनाइ छ । अस्पताल भित्र काम गरिरहेका चिकित्सक तथा नर्सहरु पनि डरमा काम गर्नु पर्ने अवस्था आएको कोभिड अस्पतालका इन्चार्ज प्रा.डा. ज्ञानेन्द्र मल्ल बताउँछन् । उनी भन्छन्, ‘हामी पनि मान्छे हौं, बिरामीको उपचारमा ज्यान जोखिममा राखेर काम गरिरहेको छौं, अनि हामी माथिनै आक्रमण गर्न खोज्दा हाम्रो मानसीक अवस्था कस्तो हुन्छ ।’ प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही मृतकका आफन्तजनहरु पनि छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार ९ जना नियन्त्रणमा छन् ।

१० हजार जनाको एकैपटक एन्टिजेन र पीसीआर परीक्षण गर्दै मध्यपुरथिमि नगरपालिका

असार ४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको नि:शुल्क एन्टिजेन र पीसीआर परीक्षण गर्ने भएको छ ।  नगरपालिकाले प्रत्येक वडामा शनिवार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त संख्यामा एन्टिजेन र पीसीआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।  जिल्लामा संक्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजेन र पीसीआर परीक्षण गरी कोभिड–१९ संक्रमणको विश्लेषण गर्ने भएको हो ।  ‘हाम्रो नगर क्षेत्रमा हाम्रा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौओटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्दैछौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।’ त्यसका लागि नगरपालिकाले करीब रू. ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ । नगरपालिकाले वडा नंं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब संकलन गरिने जानकारी दिएको छ ।  एउटा वडाबाट करीब एक हजार १०० को परीक्षण गरिने र संक्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  कोरोना संक्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भन्ने सर्वेक्षण पनि हुनेछ भने सम्भावित कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन तयारी गर्न टेवा पुग्नेगरी नगरपालिकाको निर्णयबाट परीक्षण गरिने भएको हो ।  परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीका १८, नेपाल स्काउटका १८ स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप छ ल्याब टेक्निसियन गरी १५० जनशक्ति परिचालन गरिने भएको छ । एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पीसीआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।  पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड संक्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानका रुपमा मूल्यांकन गर्न सकिनेछ । यसैका आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ ।  यो परीक्षणसँगै उपत्यकामा कोरोना संक्रमणको अवस्था कस्तो छ, निषेधाज्ञा हटाउने तयारी भइरहेको अवस्थामा कसरी जाने, जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले कस्तो नीति बनाउने भन्ने तयारी गर्न सहज हुने उल्लेख गर्दै उनले यो परीक्षण नेपालकै लागि ऐतिहासिक हुने जिकिर गरे ।  सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा छ हजारभन्दा बढी संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरमा तीन हजार ९०८ पुरुष र तीन हजार ३५९ महिला गरी सात हजार २६७ व्यक्ति संक्रमित भएका छन् ।  हाल ८४ पुरुष र ९० महिला गरी १७४ सक्रिय संक्रमित रहेका छन् भने आठजना अस्पतालमा उपचाररत रहेका छन् । अठासी जना होम आइसोलेशनमा र सात हजार दुईजना निको भएका छन् । संक्रमितमध्ये जिल्लामा सबभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ । रासस