सप्तरी - सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहनुभएको छ ।
पछिल्लो मत परिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ ।
राउतको छ हजार आठ सय आठ मत बढी छ । तेस्रो स्थानमा रहनुभ...