अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते हुने भएको छ ।  अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।  यस्तै वर्तमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरूको जिम्मेवारी यथावत् रहनेछ ।  बैठकले भदौ १५ सम्म इकाइ, क्याम्पस, पालिका भेला/सम्मेलन, भदौ २५ सम्म जिल्लाहरुको भेला/सम्मेलन, भदौ २५ देखि असोज १ सम्म प्रदेशको भेला/सम्...

सम्बन्धित सामग्री

विद्यार्थी संगठनको अध्यक्ष छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले […]

प्रश्नहरू माझ क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन

क्रान्तिकारी विद्यार्थीहरूको मूल प्रवाह अनेरास्ववियू (क्रान्तिकारी)ले असोज १४,१५ र १६ गते २२ औँ राष्ट्रिय सम्मेलन गरेको छ । कोभिड महामारीको बीचमा पनि आयोजित सम्मेलन सामुन्ने केही प्रश्नहरू चुनौतीको रूपमा छन् । विद्यार्थी आन्दोलनको कार्यदिशामा सु–स्पष्टता, आम प्रकारका आलोचनामा व्यवहार जवाफ, विद्यार्थी चरित्रको संगठन, शैक्षिक मुद्दामा खरो उत्रनु, युग सापेक्ष आन्दोलनको मुद्दा र स्वरूप तथा ‘दबाब, जागरण र खबरदारी’को अभिभारामा अविचलित रहनु आजका हाम्रा मुख्य चुनौती हुन् । यसको सकारात्

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हुनेसम्मका सबैबारे छलफल गरियो ।

अनेरास्ववियू क्रान्तिकारीको बन्दसत्रमा प्रतिवेदनमाथि छलफल गर्न ११ समूह

माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको बन्द सत्रमा आज नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक विषयमा प्रशिक्षणमुलक मन्तव्य राखेको प्रचारप्रसार उपसमितिका प्रमुख सुरेन्द्र बस्नेतले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ । वन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।  सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समुह बन...

विप्लव निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्षमा शाही

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको आज राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइयो । सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी श

अनेरास्ववियू क्रान्तिकारी : सशक्त संगठनको खाँचो

प्रतिगमनविरोधी आन्दोलनको सफलतापछि अनेरास्ववियू (क्रान्तिकारी) को असोज १४–१६ सम्म २२ औँ राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा देशैभरिका अखिल क्रान्तिकारीका साथीहरू कलम र तारा अंकित झन्डा बोकेर गोलबद्ध भएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष सुरेन्द्र बस्नेत कि पञ्चा सिंह ?

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन भोलि बिहीबार काठमाडौंमा सुरु हुँदैछ । १६ गतसम्म चल्ने सम्मेलनले अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष रञ्जित तामाङले सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने जानकारी दिए । २१ औं राष्ट्रिय सम्मेलनमा पहिलोपटक निर्वाचनमार्फत् तामाङ अध्यक्ष चुनिएका थिए […]

असोज ८ देखि राष्ट्रिय सम्मेलन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) को निर्णय

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनको साउन २९ गते बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा सम्मेलन गर्नेगरी निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । त्यसका लागि भदौ १५ गतेभित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ । यस्तै सबै तहका भेला तथा सम्

अनेरास्ववियू (क्रान्तिकारी)ले असोजमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी )ले  ०७८ सालको असोज   ८ , ९  र १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले सो निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। क्रान्तिकारीले दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत ५ लाख सदस्यता वितरण गर्ने निर्णय गरेको छ । विस्तारित वैठकमै अध्यक्ष रञ्जित तामाङद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव सर्वसम्मतिले पारित ...