धनुषामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट

जनकपुरधाम- धनुषाको बटेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट भएको छ। बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो। एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी […]

सम्बन्धित सामग्री

खनालमाथिको आरोप पुष्टि गर्न एमालेलाई समाजवादीको चुनौती

इलाम निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ । नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाब

एमालेले भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगाउँदै: माधव नेपाल

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगाएकाे आराेप लगाएका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उनले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत […]

घर ठानेको एमाले जेल भएछ, सूर्य चिह्नमा आज ग्रहण लागेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गरेका छन् । बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेको पत्तासाप हुने दाबी समेत गरेका हुन् । ‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले ...

नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पाए मान्यता

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १०

लमजुङका स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी) मा रहने जनप्रतिनिधि शून्य

लमजुङ-नेकपा एमाले विभाजन भएसँगै बनेको नेकपा एकीकृत समाजवादीका तर्फबाट लमजुङका स्थानीय तहमा शून्य जनप्रतिनिधि रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सूचीकृत हुन आग्रह गरे पनि निर्धारित समयमा एक जना जनप्रतिनिधि पनि सूचीकृत नभएको पाइएको हो ।नेकपा एकीकृत समाजवादीपार्टी दर्ता भएसँगै निर्वाचन आयोगको परिपत्रअनुसार नयाँपार्टीमा रहने स्थानीयतहका जनप्रतिनिधिहरूलाई भदौ २२ […]

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून

गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।त्यसो त,

प्रदेश २ का थप २ जना सांसदले एमाले छोडे

जनकपुरधाम : नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्।आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ समाजवादीमा सामेल भएका हुन्। उनीहरुले निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गराएका छन्।समाजवादीको पक्षमा सनाखत गराइसकेपछि सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्ब

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका पक्षमा १० जना

प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल हुने भएका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराउन पुगेका हुन् । १० मध्ये ७ जनाले सनाखत गराइसकेका छन् भने राजेन्द्र राई, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गराउन बाँकी छ ।उपेन्द्र र कृष्णकुमारीको दस्तावेज अपुग भएपछि उनीहरु आवश्यक दस्तावेज जुटाउनका लागि प्रदेशसभा सचिवालयमा गएका छन् । उनीहरुलाई पर्खिँदै राजेन्द्र राईले पनि सनाखत गराएका छैनन् ।

आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु : माधव नेपाल

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको बताएका छन् । २००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने […]