प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका पक्षमा १० जना

प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल हुने भएका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराउन पुगेका हुन् । १० मध्ये ७ जनाले सनाखत गराइसकेका छन् भने राजेन्द्र राई, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गराउन बाँकी छ ।उपेन्द्र र कृष्णकुमारीको दस्तावेज अपुग भएपछि उनीहरु आवश्यक दस्तावेज जुटाउनका लागि प्रदेशसभा सचिवालयमा गएका छन् । उनीहरुलाई पर्खिँदै राजेन्द्र राईले पनि सनाखत गराएका छैनन् ।

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पाए मान्यता

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १०