बेलायतमा महामारीका बावजूद विद्यालय खोल्न प्रधानमन्त्रीलाई दबाब

एजेन्सी । बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालयहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो ।प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन् । समूहमा पूर्व मन्त्र

सम्बन्धित सामग्री

अवैध आप्रवासीलाई बेलायतमा कडाइ

लन्डन । बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ । जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अवैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन । त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा […]

बेलायतमा महँगी घटेर १०.५ प्रतिशतमा झर्यो, खानेकुराको भाउ बढ्ने क्रम भने रोकिएन

काठमाडौं । गएको महीना बेलायतमा मुद्रास्फीति घटेको छ । अक्टोबरमा ४१ वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी डिसेम्बरमा भने थोरैले घटेको हो । यसले महँगी नियन्त्रण गर्न हर सम्भव प्रयास गरिरहेको बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)लाई केही राहत मिल्ने देखिन्छ । तर खाद्यान्न र पेय पदार्थको भाउ सन् १९७७ यताकै तीव्र गतिमा बढेकोले घर परिवार माथिको दबाब उग्र छ । नोभेम्बरमा १० दशमलव ७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति गएको महीना १० दशमलव ५ प्रतिशतमा ओर्लिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । योसँगै लगातार दोस्रो महीना पनि महँगी घटेको छ । तर यो अझैं  पनि ४० वर्षकै उचाईमा छ ।  समीक्षा अवधिमा मुद्रास्फीतिमा आएको कमी अर्थशास्त्रीहरुले गरेको अनुमान अनुसार कै हो । एक वर्ष अघिको तुलनामा खानेकुरा र गैर–अल्कोहलिक पेय पदार्थको भाउ १६ दशमलव ८ प्रतिशतले बढेको छ । यो वृद्धि सन् १९७७ यताकै उच्च हो । सो अवधिमा अन्डा, दूध र चिजको भाउमा आएको वृद्धिक कारण समग्रम खाद्यान्नको भाउ बढेको छ । समीक्षा अवधिमा चिनि, जाम, मह र चकलेटको साथै हलुका पेय र जुसको भाउ पनि बढेको छ । तर पाउरोटी र अन्नको मूल्य वृद्धि भने सुस्त भएको छ ।  नोभेम्बरमा नै बीओईले हेडलाइन सीपीआई अक्टोबरको ११ दशमलव १ प्रतिशतबाट घटेर यो वर्षको अन्त्यसम्ममा ५ प्रतिशतमा आउने बताएको थियो । रुसले युक्रेनमा आक्रमण गरेयता विश्वभर महँगी बढ्दा बेलायतमा पनि करोडौं मानिसहरुको लागि जीवनयापन धौं धौं बनेको छ ।  बीओईले यो वर्ष महँगी घट्ने प्रक्षेपण  गरेको भएपनि नीतिनिर्मातहरुले भने कसिलो श्रम बजार र अन्य कारकहरुतर्फ औंल्याउँदै महँगी उभोतिर लाग्ने दबाब निरन्तर रहने चेतावनी दिएका छन् । बीओईले फेब्रुअरी ३ मा ब्याजदर साढे ३ प्रतिशतबाट बढाएर ४ प्रतिशतमा पुर्याउने अनुमान गरिएको छ । यो डेटा सार्वजनिक भएपछि डलरको तुलनामा स्टर्लिङको भाउ बढेको थियो । डिसेम्बरमा बेलायतको मुद्रस्फीति अमेरिका र बेलायतको भन्दा कम हो । सो अवधिमा अमेरिकामा मुद्रास्फीति साढे ६ प्रतिशत थियो भने जर्मनीमा ९ दशमलव ६ प्रतिशत । रुसले युक्रेनमा आक्रमण गरेलगत्तैको तुलनामा अहिले प्राकृतिक ग्यासको भाउ घटेको छ । तर पनि यो २०२१ को मध्यतिरको भन्दा कयौं गुणा बढी छ । यसको प्रभाव समग्र अर्थतन्त्रभर पोखिने क्रम जारी छ । डिसेम्बरमा कोर सीपीआई भने ६ दशमलव ३ प्रतिशतमा यथावत् छ । कोर सीपीआईमा ऊर्जा, खाद्यान्न, रक्सी र सूर्तिको मूल्यलाई समावेश गरिएको हुन्न । कोर सीपीआई गत महीना ६ दशमलव २ प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । सेवा क्षेत्रमा पनि महँगी सन् १९९२ का मार्चयताकै उच्च अर्थात् ६ दशमलव ८ प्रतिशत छ ।  एजेन्सी

बेलायतमा दिनहुँजसो हडताल

राजनीतिक अस्थिरताबीच अल्पविकसित देशमा बन्द हडताल र विरोध प्रदर्शन स्वाभाविक मानिन्छ । आफ्ना माग सम्बोधनका लागि सरकारलाई दबाब दिन त्यो अस्त्र प्रभावकारी पनि ठानिन्छ । तर, पछिल्लो समय त्यस्तो अन्योल र अस्थिरता विकसित मुलुक बेलायतले पनि भोगिरहेको छ । बढ्दो महँगीबीच ज्यालावृद्धि र सुविधा माग गर्दै डिसेम्बरभर बेलायत हडतालबाट प्रभावित बनेको छ ।

‘बेलायतमा लिभरपुलले लिग जितेको हेर्न चाहने धेरै छन्’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बेलायतका धेरै जनताले लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हेर्न चाहेको दाबी गरेका छन् । काटालान प्रशिक्षक ग्वार्डिओलाको सिटीले आइतबार न्युक्यासललाई ५–० ले हराउँदै लिभरपुलभन्दा ३ अंक बढी जोडेको छ । जसका कारण प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलमाथि दबाब बढेको छ । ‘यो देशका धेरै मान्छेले लिभरपुललाई समर्थन […]

रुसमाथि प्रतिबन्ध र दबाब बढेसँगै तेल बजार तरङ्गित

फागुन १६, काठमाडौं । विश्व बजारमा सोमवार कच्चा तेलको भाउ बढेको छ । पश्चिमी देशहरुले रुसमाथि एक पछि अर्को गर्दै प्रतिबन्ध कसिलो बनाउँदै गएको  र केही रुसी बैंकहरुलाई विश्वव्यापी भुक्तानी प्रणालीमा बन्देज लगाएपछि तेलको भाउले टेवा पाएको हो ।  सोमवार बिहानी कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०५ डलर शून्य ७ सेन्टसम्म उक्लिएको थियो । यो सामाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजेतिर ब्रेन्टको भाउ प्रतिब्यारेल ५ दशमलव शून्य ८ प्रतिशतले बढेर १०२ डलर ९० सेन्ट कायम भएको थियो ।  बिहानी कारोबारमा न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ९९ डलर १ सेन्टसम्म पुगेको थियो । यो सामाचार तयार पार्दाखेरि डब्ल्यूटीआई प्रतिब्यारेल ४ दशमलव ९५ प्रतिशतले बढेर ९६ डलर ३८ सेन्ट कायम भएको थियो ।  केही रुसी बैंकहरुलाई स्वीफ्ट प्रणालीबाट हटाउने अमेरिका र यूरोपको कदमले निकट भविष्यमा आपूर्तिमा केही खालको अवरोध हुने आशंका बढेको बताउँछन्, एएनजेडका कमोडिटी रणनीतिज्ञ डेनियल हायन्स । आपूर्तिमा खतरा केही समय निकै धेरै रहने यो बजारमा आपूर्ति कसिलो भएको समयमा भएकोले पनि भाउ बढ्ने उनको भनाइ छ । पश्चिमी देशहरुले रुसमाथि कठोर प्रतिबन्धहरुको घोषणा गरेपछि रुसले तेल देखि अन्न सम्म सबै कमोडिटिजको निर्यातमा चरम अवरोधको सामना गरेको छ । केही रुसी बैंकहरुलाई स्वीफ्ट अन्तरराष्ट्रिय भुक्तानी प्रणालीबाट बहिस्कार गरिएको छ । विश्वको तेल आपूर्तिमा रुसी तेलको अनुपात करीब १० प्रतिशत छ । यसअघिको प्रतिब्यारेल ९५ डलरबाट बढाएर गोल्डम्यान श्याख्सले ब्रेन्ट क्रुडको एक महीनाको मूल्य प्रक्षेपण ११५ ब्यारेलमा पुर्‍याएको छ ।  रुस प्रमुख उत्पादक भएको कमोडिटिजहरुको भाउ बढ्ने अपेक्षा गरिएको बैंकले बताएको छ । रुसले पछिल्लो समय युक्रेनमाथि जताततैबाट आक्रमण गरिरहेको छ । बेलारुसको सीमामा वार्ता गर्न सोमबार युक्रेनी अधिकारीहरु आइपुगेका छन् । दुई देश बीच वार्ता सफल भयो र आक्रमण स्थगित गर्न दुबै पक्ष तयार भए अनि रुसी सेनाहरु फिर्ता गए भने चाँही शेयर बढ्ने, डलरको भाउ उक्लिने र तेलको भाउमा कमी आउन सक्ने बताउँछन्, ओन्डाका विश्लेषक जेफ्री हेली ।  सोमवार एशियाली शेयर बजार मिश्रीत देखिएका छन् । बजार बन्द हुँदा चीनमा शाङहाई काम्पोजिट शून्य दशमलव ३२ प्रतिशतले बढेको थियो । शेन्चन कम्पोनेन्ट पनि सोही स्तरमा बढेको थियो । हङकङमा भने हाङशेङ शून्य दशमलव २४ प्रतिशत तल आएर बन्द भएको थियो । जापानमा निक्केई २२५ परिसूचक शून्य दशलमव १९ प्रतिशत माथि आएर बन्द भयो । ताइवान, दक्षिण कोरिया, सिंगापुर र भारतीय बजार पनि हरियोमा आएर बन्द भएको थियो । इन्डोनेशियामा बजार बन्द थियो भने थाइल्यान्डमा शेयर परिसूचक रातोमा आएर बन्द भएको थियो । यूरोपमा पनि बेलायत, फ्रान्स र जर्मनीमा शेयर बजार रातोमा थिए । यो समाचार तयार पार्दाखेरि बेलायतमा फुट्सी १ दशमलव शून्य ४ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० ले २ दशमलव ७५ प्रतिशतको कमी बेहोर्दा जर्मनीमा डीएएक्स २ दशमलव ३२ प्रतिशतले घटेको थियो । एजेन्सीहरुको सहयोगमा

बेलायतले रुससँगको ‘गोल्डेन भिसा’ व्यवस्था बन्द गर्‍यो,यस्तो छ कारण

बेलायतको सरकारले सुरक्षा चिन्ताको बीचमा धनी विदेशी लगानीकर्तालाई बसोबासको प्रस्ताव “गोल्डेन भिसा” प्रणाली अन्त्य गरेको बताएको छ । उल्लेखनीय कुरा के छ भने, रुससँगको सम्बन्धको समीक्षा गर्न बेलायतलाई निरन्तर दबाब दिइरहेको थियो । बेलायतको गृह मन्त्रालयले भनेको छ, टियर-१ लगानीकर्ता भिसा व्यवस्थाले “भ्रष्ट धनीहरूलाई बेलायतमा पहुँच प्रदान गरेको छ।” यो भिसाका कारण कतिपय अवस्थामा सुरक्षाको […]

संकटमा बेलायती प्रधानमन्त्री जोनसन

५ माघ, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमाथि पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । बेलायतमा लगाइएको पहिलो लकडाउनका बेला कार्यालयभित्रै विभिन्न समयमा मदिरासहित भोज आयोजना गरेको तथ्य बाहिरिएपछि पार्टीभित्र र बाहिर जोनसनको चर्को आलोचना हुन थालेको हो । जोनसनले समेत पहिलो लकडाउनका बेला प्रधानमन्त्री कार्यालयभित्र मदिरासहित भोज (पार्टी) आयोजना गरेको स्वीकारिसकेका छन् । उनले […]

कार्यालयभित्रै भोज गरेको भन्दै बेलायतका प्रधानमन्त्री जोनसनमाथि दबाव

एजेन्सी । बेलायतमा पहिलो लकडाउनको समयमा कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसन माथि दबाब बढेको छ । प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनका बेला कार्यालयभित्र भोज आयोजना गरेको स्वीकारिसक्नुभएको छ । उहाँले २०२० को मे महिनामा डाउनिङ स्ट्रिटस्थित कार्यालयमा भएको भोजका लागि माफीसमेत मागिसक्नु भएको छ । उक्त घटनापछि बढेको जनआक्रोशलाई आफूले बुझेको उहाँको […]

बेलायतका मन्त्री ह्यानककद्वारा राजीनामा

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।   ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलो बीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिरहरु स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ’जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्न

जब मन्त्रीले स्वास्थ्य नियम तोड्दै चुम्बन गरे…

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारंपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिनुभएको छ । ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । प्रधानमन्त्रीलाई …