बेलायतका मन्त्री ह्यानककद्वारा राजीनामा

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।   ‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलो बीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिरहरु स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ’जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्न