बेलायतमा महँगी घटेर १०.५ प्रतिशतमा झर्यो, खानेकुराको भाउ बढ्ने क्रम भने रोकिएन

काठमाडौं । गएको महीना बेलायतमा मुद्रास्फीति घटेको छ । अक्टोबरमा ४१ वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी डिसेम्बरमा भने थोरैले घटेको हो । यसले महँगी नियन्त्रण गर्न हर सम्भव प्रयास गरिरहेको बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)लाई केही राहत मिल्ने देखिन्छ । तर खाद्यान्न र पेय पदार्थको भाउ सन् १९७७ यताकै तीव्र गतिमा बढेकोले घर परिवार माथिको दबाब उग्र छ । नोभेम्बरमा १० दशमलव ७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति गएको महीना १० दशमलव ५ प्रतिशतमा ओर्लिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । योसँगै लगातार दोस्रो महीना पनि महँगी घटेको छ । तर यो अझैं  पनि ४० वर्षकै उचाईमा छ ।  समीक्षा अवधिमा मुद्रास्फीतिमा आएको कमी अर्थशास्त्रीहरुले गरेको अनुमान अनुसार कै हो । एक वर्ष अघिको तुलनामा खानेकुरा र गैर–अल्कोहलिक पेय पदार्थको भाउ १६ दशमलव ८ प्रतिशतले बढेको छ । यो वृद्धि सन् १९७७ यताकै उच्च हो । सो अवधिमा अन्डा, दूध र चिजको भाउमा आएको वृद्धिक कारण समग्रम खाद्यान्नको भाउ बढेको छ । समीक्षा अवधिमा चिनि, जाम, मह र चकलेटको साथै हलुका पेय र जुसको भाउ पनि बढेको छ । तर पाउरोटी र अन्नको मूल्य वृद्धि भने सुस्त भएको छ ।  नोभेम्बरमा नै बीओईले हेडलाइन सीपीआई अक्टोबरको ११ दशमलव १ प्रतिशतबाट घटेर यो वर्षको अन्त्यसम्ममा ५ प्रतिशतमा आउने बताएको थियो । रुसले युक्रेनमा आक्रमण गरेयता विश्वभर महँगी बढ्दा बेलायतमा पनि करोडौं मानिसहरुको लागि जीवनयापन धौं धौं बनेको छ ।  बीओईले यो वर्ष महँगी घट्ने प्रक्षेपण  गरेको भएपनि नीतिनिर्मातहरुले भने कसिलो श्रम बजार र अन्य कारकहरुतर्फ औंल्याउँदै महँगी उभोतिर लाग्ने दबाब निरन्तर रहने चेतावनी दिएका छन् । बीओईले फेब्रुअरी ३ मा ब्याजदर साढे ३ प्रतिशतबाट बढाएर ४ प्रतिशतमा पुर्याउने अनुमान गरिएको छ । यो डेटा सार्वजनिक भएपछि डलरको तुलनामा स्टर्लिङको भाउ बढेको थियो । डिसेम्बरमा बेलायतको मुद्रस्फीति अमेरिका र बेलायतको भन्दा कम हो । सो अवधिमा अमेरिकामा मुद्रास्फीति साढे ६ प्रतिशत थियो भने जर्मनीमा ९ दशमलव ६ प्रतिशत । रुसले युक्रेनमा आक्रमण गरेलगत्तैको तुलनामा अहिले प्राकृतिक ग्यासको भाउ घटेको छ । तर पनि यो २०२१ को मध्यतिरको भन्दा कयौं गुणा बढी छ । यसको प्रभाव समग्र अर्थतन्त्रभर पोखिने क्रम जारी छ । डिसेम्बरमा कोर सीपीआई भने ६ दशमलव ३ प्रतिशतमा यथावत् छ । कोर सीपीआईमा ऊर्जा, खाद्यान्न, रक्सी र सूर्तिको मूल्यलाई समावेश गरिएको हुन्न । कोर सीपीआई गत महीना ६ दशमलव २ प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । सेवा क्षेत्रमा पनि महँगी सन् १९९२ का मार्चयताकै उच्च अर्थात् ६ दशमलव ८ प्रतिशत छ ।  एजेन्सी

सम्बन्धित सामग्री

लगातार चौथो महीना पनि ओरालोमा कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ लगातार घटिरहेको छ । फेब्रुअरीमा पनि त्यो क्रम रोकिएको छैन ।  इन्भेस्टिङडटकमका अनुसार गत नाेभेम्बरमा प्रतिब्यारेल ८८ दशमलव ३७ डलर रहेकाे कच्चा तेलको भाउ साे महीनाको अन्त्यमा ८० दशमलव ५६ डलरमा झरेको थियो । त्यसको एक महीनापछि डिसेम्बरको अन्त्यमा कच्चा तेलको मूल्य भने झिनो अंकमा घटेर ८० दशमलव ४७ डलर कायम भएको थियो । जनवरीमा पनि भाउ घट्ने क्रम रोकिएन । जनवरीको अन्त्यमा यसको मूल्य ७८ दशमलव ८७ डलर कायम हुँदा फेब्रुअरीको अन्तिम दिन कच्चा तेलको भाउ प्रतिब्यारेल ७६ दशमलव ९० कायम भएको छ ।   लगानीकर्ता हतोत्साहित हुँदा कच्चा तेलको लगातार भाउ घटिरहेको छ । अमेरिकाले महँगी नियन्त्रण गर्न मौद्रिक नीति कसिलो बनाउँदा लगानीकर्ताहरू चिन्तामा छन् । सबैभन्दा धेरै कच्चा तेल आयातकर्ता चीनले कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू खारेज गरेपछि त्यहाँ तेलको माग बढ्ने आशा गरिएको भए पनि अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरले लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । यसले गर्दा बजारमा दबाब देखिएको छ ।  मंगलवारको कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआइ)को भाउ प्रतिब्यारेल १ प्रतिशतले बढेर ७६ डलर ४६ सेन्टमा पुगेको थियो । आजको कारोबारमा भाउ बढेको भए पनि यो महीनाभर डब्ल्यूटीआई झन्डै ४ प्रतिशतले घट्ने क्रममा छ ।  मंगलवारको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ६७ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ८१ सेन्टमा पुगेको थियो ।  फेडले व्यापक ब्याजदर वृद्धि गर्दा पनि अमेरिकामा महँगी टसको मस नभएको तथ्यांकले ब्याजदर वृद्धि जारी रहने अनुमान बलियो हुँदा कच्चा तेलमाथि दबाब बढेको छ । डलरको भाउमा भएको वृद्धिले पनि डलरमा किनबेच हुने कमोडिटीलाई घाटा भइरहेको छ । अमेरिकामा कच्चा तेलको भन्डार बढिरहेको खबरले पनि तेलको भाउ घटेको छ । अहिले अमेरिकाको कच्चा तेल भन्डारण सन् २०२१ को मेयताकै उचाइमा उक्लिएको छ । चीनले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति खारेज गर्दै वर्षको अन्त्यतिर सीमा खुलाएको अनि तेलको माग बढ्ने संकेत देखिए पनि यसको भाउ यो वर्ष सुस्ताएको छ । यो वर्षको उत्तरार्द्धमा विश्वव्यापी तेलको माग कीर्तिमानी स्तरमा उक्लिन सक्ने एउटा अनुमान देखाएको छ । यो वर्षको अहिलेसम्म तेलको भाउ रातोमै रहेपछि बैंकहरूले तेलको मूल्य प्रक्षेपण घटाउन थालेका छन् ।

महँगी बढ्ने क्रम रोकिएन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस–युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन । गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपलिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।चालू आर्थिक वर्ष २०७९/०८० […]

महँगी बढ्ने क्रम रोकिएन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन । गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।चालू […]

झरीले रोकिएन एमाले, सिलिन्डरसमेत बोकेर प्रदर्शन (फोटो फिचर)

काठमाडौं : वर्षा र बादलका बीचमा पनि नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन भएको छ।जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमि