एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले बताएको छ । मंगलबार ९१ वर्षको उमेरमा निधन भएका गोर्बाचेभको अन्त्येष्टि राजकीय सम्मानका साथ नगरिने पनि क्रेमलिनका प्रवक्ताले सङ्केत गरे । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका दिमित्री पेस्कोभका अनुसार पुटिनको व्यस्त कार्यसूचीका कारण उनी हाउस अफ युनियनमा हुने बिदाई समारोह तथा शनिबार नोभोडेभिची चिहानमा हुने अन्त्येष्टिमा भाग लिने छैनन् । ‘दुर्भाग्यवश, राष्ट्