काभ्रे : नेकपा माओवादी केन्द्र काभ्रेका नेता तथा बागमती प्रदेशसभा सदस्य रत्न ढकाल बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्।बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै काभ्रे संघीय निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश (क) बाट निर्वाचित ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् ।नेपाली कांग्रेसका अनुसार महाधिवेशन नसकिएकाले अर्को पटक कांग्रेसका ३ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरी फेरि मन्त्रिपरिषद् विस्तार हुनेछ
स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको...