भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

सम्बन्धित सामग्री

भारतमा थप ७ हजार ४४७ जनामा कोरोना संक्रमण पुष्टि

पुस २,  नयाँदिल्ली( भारत) । भारतमा कोरोना भाइरसबाट थप ७ हजार ४४७ जना संक्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।            भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ८६ हजार ४१५ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितका संख्याको शून्य दशमलव २५ प्रतिशत मात्रै रहेको मन्त्रालयले बताएको छ । यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले बताएका छन् ।      गएको २४ घण्टामा भारतमा ७ हजार ८८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४१ लाख ६२ हजार ७६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३८ प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी   हो ।       भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्व ३५ करोड ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको छ । रासस/ एएनआई

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

भारतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या ४ लाख नाघेको हो ।

भारतमा २४ घण्टामा  ५१ हजारमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको कुल संख्या ३...

भारतमा ४० दिनपछि दुई लाखभन्दा कम संक्रमित

एजेन्सी। भारतमा बितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या दुई लाखभन्दा कम देखिएको छ। अप्रिल १४ पछि यो पहिलो घटना हो। २४ घण्टामा १,९५,६८५ संक्रमित भेटिएको छन्। सोही अवधिमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३,४९६ रहेको छ। यसबाट भारतमा कोरोना संक्रमितको संख्यामात्र होइन, यसबाट मर्नेका संख्या पनि घटिरहेको देखिन्छ। राजधानी दिल्लीमा पनि कोरोना प्रकोप घट्दै गएको छ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, एकैदिन ३,२९३ को मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण भारतमा दुई लाख एक हजार १८७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार २९३ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहर फैलिएपछि एकै...

मृत्यु कम देखाउने आधार गुमाउँदै भारत, संक्रमित र मर्ने दुवै बढेको बढ्यै

नयाँ दिल्ली : कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ हजार ५ सय पार भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिमले भारतमा कोरोना संक्रमितको संख्या होइन, मृत्युदर देखाउँदै 'सफल व्यवस्थापन'को दावी गरिरहेका थिए। तर, दैनिक ३ सयभन्दा बढी मानिस कोरोनाका कारण मर्न थालेका छन्। आइतवार भारतमा

भारतमा एकै दिन १ सय ९९ जनाको मृत्यु, संक्रमित संख्या आधा लाख नजिक

नयाँ दिल्ली : एकै दिन १ सय ९९ जनाले ज्यान गुमाएपछि भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ। एक दिनमा थप २ हजार ८ सय १ जना संक्रमित पहिचान भएको छ भारतमा। यससँगै भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ। अहिलेसम्म