भारतमा थप ७ हजार ४४७ जनामा कोरोना संक्रमण पुष्टि

पुस २,  नयाँदिल्ली( भारत) । भारतमा कोरोना भाइरसबाट थप ७ हजार ४४७ जना संक्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।            भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ८६ हजार ४१५ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितका संख्याको शून्य दशमलव २५ प्रतिशत मात्रै रहेको मन्त्रालयले बताएको छ । यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले बताएका छन् ।      गएको २४ घण्टामा भारतमा ७ हजार ८८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४१ लाख ६२ हजार ७६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३८ प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी   हो ।       भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्व ३५ करोड ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको छ । रासस/ एएनआई

सम्बन्धित सामग्री

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप कसैको पनि […]

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

२४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको […]

दिल्ली क्यापिटल्समा थप दुईलाई कोरोना संक्रमण पुष्टि

५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको […]

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई यस अघि करिब ८ महिना अघि पनि कोरोना भएको र फेरि कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्वीटर मार्फत बताउनु भएको हो । उहाँ सहित परिवारलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । विशेष गरी सार्वजनिक कार्यक्रममा सहभागी […]

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

२६ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ रिजाललाई आज लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनायो । ‘सन्चो छैन भन्दै हुनुहुन्थ्यो, तर आज पनि अफिस जानु भएको थियो,’ स्रोतले भन्यो, ‘आजै उहाँको रिपोर्ट पोजेटिभ आएको छ ।’ प्रजिअ रिजाललाई मोबाइलमा फोन गर्दा उनको फोन […]

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप […] The post ६६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.