रविले मतान्तर घटाउँदै

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।...

सम्बन्धित सामग्री

दोलखामा माओवादीका कार्कीसँग मतान्तर घटाउँदै एमालेका शिवाकोटी

काठमाण्डाै - प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै छ । कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ । शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ । राति २ सय ६३ मतले पछाडि परेका शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो । मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि पर्नुभएको थियो । तर हिजो दिउँस...

कुसियैतसँग मतान्तर घटाउँदै मन्त्री कार्की

१५ मंसिर, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् । यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार […]

धनुषा–४ मा महेन्द्रसँग मतान्तर घटाउँदै रघुवीर महासेठ

काठमाडौं, १२ मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवसँग मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार यादव र महासेठबीच ७४७ को मतान्तर छ । यादवले २८६५७ मत ल्याउँदा उनलाई पछ्याएका महासेठले २७९१० मत प्राप्त गरेका छन् । अब मिथिला नगरपालिकाको वडा नम्बर ७ देखि ११ सम्म गणना […]

माओवादीकी रेखा शर्मासँग मतान्तर घटाउँदै एमालेका शंकर पोखरेल

दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिस्पर्धीसँग मतान्तर घटाउँदै लैजानुभएको छ ।  अहिले अग्रस्थानमा रहनुभएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १९ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । शर्मालाई पछ्याइरहनुभएका पोखरेलले १८ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीचको मतान्तर १ हजार १४ मा झरेको हो ।  दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४ सय ३७ मत खसेकोमा अहिलेसम्म ५४ हजार ६ सय ७ मतगणना भएको छ ।

बझाङमा भानुभक्तले मतान्तर घटाउँदै लगेपछि मत गणनास्थलको सुरक्षा व्यवस्था कडा

बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशीले मतान्तर घटाउँदै लगेका छन् । उनले नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई पच्छ्याउँदै गएका छन् । उनले आफ्नो मतान्तर घटाउँदै लगेका हुन् । महरले १५ हजार ५५१ मत पाएका छन् । भने नेकपा एकीकृत समाजवादीका जोशीले १५ हजार ३३ मत पाएका छन् । दुवै जनाबीच ५१८ मतको भिन्नता छ । बझाङको बुङल नगरपालिका र जयपृथ्वी नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै केदारस्यु, दुर्गाथली, थलारा लगायतका क्षेत्रको मत गणना गर्न बाँकी छ । जोशीले मतान्तर घटा

रेखासँग मतान्तर घटाउँदै शंकर

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् । आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी […]

ब्यास नगरपालिकामा जोशीसँगको मतान्तर घटाउँदै न्यौपाने

७ जेठ, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसँगको मतान्तर घटाउँदै लगेका छन् । १९ हजार ४२७ मत गणना हुँदा जोशीले सात हजार ८४२ मत पाएका छन् भने न्यौपानेले सात हजार ७८२ मत पाएका छन् । जोशी भन्दा न्यौपाने ६० मतले पछि छन् । १४ वडा रहेको […]

पोखरा-२३ को मत गणनासँगै मतान्तर घटाउँदै कृष्ण थापा

नेकपा एमालेका उम्मेदवार थापाले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यसँगको मतान्तर घटाउँदै लगेका हुन्।...

भरतपुरमा रेणुसँगको मतान्तर घटाउँदै सुवेदी

चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै लगेका हुन् । मतान्तर घटाएर सुवेदीले ७४मात्रै पुर्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ४९७ मत प्राप्त गरेका छन् । ३९७७ मत गणना […]

भरतपुर महानगरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै सुवेदी

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा […]